Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित

प्रतिक्षा खबर
२०८१ माघ १०, बिहीबार १६:५४

१० माघ, जनकपुरधाम। मधेश प्रदेश सरकारले पेश गरेको प्रदेशको सरकारी कामकाजीको भाषा विधेयक, २०८१ सच्याएर ल्याउन सत्ता र प्रतिपक्षी दलका सांसदहरूले माग गरेका छन् ।

बुधबार शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई सरकारी कामकाजको भाषा बनाउन प्रस्ताव  पेश गरेकी थिइन् ।

बिहीबार प्रदेश सभाको बैठक सुरू हुने वित्तिकै सत्ताघटक एमालेका सांसद राजेन्द्र चौधरीले बुधबार सदनमा पेश  विधेयकमा थारू लगायतका मातृभाषालाई नसमेटी ल्याएको विधेयक सच्याउन माग गरे ।

यसका साथै सत्ताधारी दल नेपाली काँग्रेस सचेतक जिवछि देवी यादवले मातृभाषालाई छुट्टाउनु भनेको आमाको दूधको दशधारा बिर्सनु रहेको भन्‍दै उनले मातृभाषालाई नसमेटेसम्म सदन चल्न नदिने बताइन् ।

उनले भनिन्, ‘मातृभाषा भनेको आमाको दूध बराबर हो। बच्चा जन्मेदेखि नै आमाको भाषा सिकेर आएको हुन्छ भने उसले आफ्नो भाषा कसरी बिर्सन सक्छ। यसबारेमा प्रदेश सरकारले सम्पूर्ण मातृभाषालाई समेटियोस्। विधेयकमा मातृभाषा नसमेटिएसम्म कांग्रेसले सदन चल्न दिदैन।’

यस्तै जनमतका प्रमुख सचेतक चन्दन सिंहले बिना छलफल नै मातृभाषालाई नमेटेर विधेयक ल्याएको भन्द‍ै मधेशका सबै मातृभाषालाई समेट्न माग गरेका छन् ।

यस्तै लोसपाका सांसद जयलुन राईनले मुस्लिमको उर्दू भाषालाई पनि बाइपास गरेको भन्‍दै विधेयकमा समावेश गर्न माग गरे ।

यस्तै नेकपा माओवादी केन्द्र सांसद युवराज भट्टराईले मधेश प्रदेशमा रहेका मौलिक भाषाहरू थारू, मगर, मगही, तामाङलगायतका मातृभाषाहरूलाई सम्बोधन गर्न जोडदार माग गरे ।

‘मधेशका मौलिका भाषाहरू थारू, मगर, मगही, तामाङलगायतका मातृभाषाहरूलाई सरकारले सम्बोधन गरियोस् भनेर म जोडदार रुपमा सरकारसँग माग गर्न चाहन्छु।’ उनले भने ।

यस्तै एकीकृत समाजवादीकी सांसद बेची लुंगेलीले  मगर, तामाङ, थारू, मगहीलगायका मातृभाषालाई मारेर प्रदेशको विकास सम्भव नभएको भन्‍दै विधेयक संशोधन गर्न माग गरिन् । उनले भनिन्, ‘ मातृभाषा जोगाउनुको साटो उल्टै प्रदेश सरकारले नै मार्ने हो भने प्रदेशको विकास कुनै पनि हालतमा सम्भव नै छैन। त्यसकारण विधेयकमा मातृभाषालाई स्थान दिइयोस्।’

यसअघि मगही समुदायले जनकपुर चोकमा विधेयकमा मगही भााषा मसमावेश गर्न माग गर्दै मसाल जुलुस निकाले छन्  भने सदन बाहिर गेटमा थारू सांसदहरूले प्रदर्शन गरेका थिए ।

प्रदेश सभा बैठकमा सांसदहरूले बोलिरहँदा  सभामुखले १० मिनेटका बैठक स्थगित गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर