Advertisement
ताजा खबर
महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन
महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

कोरोना विरुद्ध प्रदेश २ सरकारको तैयारी युद्ध स्तरमा

प्रतिक्षा खबर
२०७६ चैत्र २१, शुक्रबार २०:४७

नागेन्द्र कुमार यादव

जनकपुरधाम, चैत २१ । विश्वभरिनै कोलाहल मचाउदै नेपालमा समेत उपस्थिति जनाइ सकेको कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि प्रदेश सरकारले युद्ध स्तरमा तैयारी गरि रहेको छ ।
महामारीका कारण नेपाल सरकारले जारी गरेको लकडाउन सफल बनाउन गरिब तथा दैनिक ज्यालाका मजदुरहरुलाई स्थानीय तह मार्फत राहत उपलब्ध गराइ रहेको प्रदेश सरकार दोस्रो चरणमा महामारी नियन्त्रणका लागि विभिन्न एंगलबाट तैयारीमा जुटि सकेको छ ।
चैत २० गते मात्रै मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले प्रादेशिक अस्पताल जनकपुर कोरोना परीक्षणका लागि पिसिआर मसिन जडान भइ परीक्षण शुरु गरि सकेको अवस्थामा प्रदेशका प्रमुख व्यापारिक नगरी विरगंज र सप्तरीको राजविराजमा समेत पिसिआर मेसिन जडान गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । साथै कोरोना महामारीको सम्भावित खतरालाई मध्य नजर गर्दै प्रदेश भरिमा ५० वटा भेन्टिलेटर सहितको आइसियु तैयार गर्न समेत निर्देशन दिएको छ । जसमा प्रादेशिक अस्पताल जनकपुरमा १०, विरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १० र अन्य ६ वटा जिल्लामा ५÷५ वटा भेन्टिलेटर जडान गरिने निर्देशन दिइएको मुख्यमन्त्री राउतले जनाउनु भएको छ ।


यसै गरि निर्देशक समितिले अहिलेको विशेष परिस्थितिमा विगत जस्तो खरिद प्रक्रियाले तैयारी गर्न नसकिने भन्दै खरिद प्रक्रियालाई समेत खुकुलो बनाउने निर्णय गरेको छ । यस निर्णयले खरिद ऐनको विशेष परिस्थिति बमोजिम दु्रत मार्ग बाट आवश्यक सामग्रीहरु खरिद गर्न सकिने छ ।
प्रदेश सरकारले महामारी नियन्त्रणका लागि प्राविधिक रणनीति आवश्यक रहेको महशुस गर्दै महामारी विरुद्ध विशेष रणनीति बनाउन स्वास्थ्य क्षेत्रका विज्ञहरु सम्मिलित स्वास्थ्य सल्लाहकार समिति समेत गठन गरेको छ । समितिमा डा. राम केवल साह, डा. सुरेन्द्र यादव, डा. प्रविण मिश्र, डा.काशिकान्त झा, डा. विजय कुमार सिंह, डा. गरिब दास ठाकृुर, डा. जेके लाल रहनु भएको छ । उक्त समितिलाई थप विशेषज्ञहरु राय सुझाव सहित महामारी नियन्त्रणका लागि नीति निर्माण गर्ने जिम्मेवारी दिइएको छ । समितिले निर्देशन समितिको निर्देशन बमोजिम शुक्रवार बाट आफनो काम समेत शुरु गरि सकेको छ । यो समितिले चिकित्सकहरुको लागि प्रोटोकल निर्माण देखी नियन्त्रणको अन्य उपायहरुबारे आफनो सुझाव सरकारलाई दिनेछ ।
यसै गरि निर्देशक समितिको शुक्रवार सम्पन्न बैठकले प्रदेशमा नमूना क्वारेन्टाइनको व्यवस्थापन, आइसियुको निर्माण, धनुषाको लालगढ स्थित चर्मरोग अस्पताललाई इन्टेन्सिभ केयर युनिट निर्माणको लागि अध्ययन गर्न विज्ञ टोलीलाई जिम्मा दिने निर्णय समेत गरिएको छ । भने मुजेलियामा सुविधा सम्पन्न क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।


बैठकले महामारी संग लडन आठ बटै जिल्लामा १÷१ वटा एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गर्न समेत कार्यकारी समिति र समाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘अहिले सम्मको लागी हाम्रो तैयारीमा कुनै कमी छैन तर भोलीको दिनमा हुन सक्ने सम्भावित खतरा लाई मध्य नजर गर्दै विशेष तैयारीमा जुटन समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएका छौ । रकमको अभाव हुन दिदैनौ ।
बैठकले प्रदेशमा चिकित्सक तथा नर्सहरुको अभाव देखिए स्वयंसेवकको रुपमा चिकित्सक र नर्स भर्ना गर्नको लागि आवश्यक तैयारीमा जुटन समेत समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको छ । मुख्यमन्त्री राउतले यसरी स्वयंसेवकको रुपमा भर्ना हुने चिकित्सक तथा नर्सहरुलाई प्रदेश लोकसेवामा थप नम्बर दिइने व्यवस्था समेत गरिन लागेको बताउनु भयो ।
उहाँले भन्नु भयो ,‘अहिले सम्म हाम्रो प्रदेशको अवस्था ठिक छ, अहिले्को अवस्थामा खासै समस्या हुँदैन तर कहि कतै महामारी फैलियो भने त्यस्तो अवस्थाको लागि हामी अहिले देखी नै तैयारी थालि सकेका छौ । विज्ञहरुको टोलीले दिइने सुझावको आधारमा प्रदेश सरकार सबै प्रकारको व्यवस्था गर्न प्रदेश सरकार पूर्ण तैयारीमा जुटेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर