Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

घट्यो पेट्रोलको मूल्य

प्रतिक्षा खबर
२०८२ आश्विन २९, बुधबार २०:५०

  • नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोमा पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको छ।
  • पेट्रोलको नयाँ मूल्य काठमाडौं, पोखरा र दिपायलमा लिटरको १ सय ५९ रुपैयाँ कायम गरिएको छ।
  • डिजेल र मट्टीतेलको मूल्य यथावत राखिएको निगमले जनाएको छ।

२९ असोज, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय भएको निगमले जनाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ ।

अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा लिटरको १ सय ५९ रुपैयाँ कायम भएको छ । यसअघि १ सय ६१ रुपैयाँ थियो । दोस्रो वर्गका सहर सुर्खेत र दाङमा १ सय ५८ रुपैयाँ कायम भएको छ । पहिलो वर्गका सहर चारआली, विराटनगर, जनपुर सहितमा १ सय ५६ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ ।

यसअघि निगमले नेपालमा चाडपर्व मध्यनजर गर्दै अघिल्लो महिना भने मूल्य स्थिर राख्ने निर्णय गरेको थियो । इन्डियन आयल कर्पोरेसनबाट १५ सेप्टेम्बर र ३० सेप्टेम्बर दुवै मितिमा पेट्रोलमा क्रमशः २.२९ रुपैयाँ र ०.२४ रुपैयाँ बढेर आएको थियो । डिजेलमा भने त्यसबेला क्रमशः ३.४६ र २.३५ रुपैयाँ बढेर आएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर