Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

घट्यो पेट्रोलको मूल्य

प्रतिक्षा खबर
२०८२ आश्विन २९, बुधबार २०:५०

  • नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोमा पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको छ।
  • पेट्रोलको नयाँ मूल्य काठमाडौं, पोखरा र दिपायलमा लिटरको १ सय ५९ रुपैयाँ कायम गरिएको छ।
  • डिजेल र मट्टीतेलको मूल्य यथावत राखिएको निगमले जनाएको छ।

२९ असोज, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय भएको निगमले जनाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ ।

अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा लिटरको १ सय ५९ रुपैयाँ कायम भएको छ । यसअघि १ सय ६१ रुपैयाँ थियो । दोस्रो वर्गका सहर सुर्खेत र दाङमा १ सय ५८ रुपैयाँ कायम भएको छ । पहिलो वर्गका सहर चारआली, विराटनगर, जनपुर सहितमा १ सय ५६ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ ।

यसअघि निगमले नेपालमा चाडपर्व मध्यनजर गर्दै अघिल्लो महिना भने मूल्य स्थिर राख्ने निर्णय गरेको थियो । इन्डियन आयल कर्पोरेसनबाट १५ सेप्टेम्बर र ३० सेप्टेम्बर दुवै मितिमा पेट्रोलमा क्रमशः २.२९ रुपैयाँ र ०.२४ रुपैयाँ बढेर आएको थियो । डिजेलमा भने त्यसबेला क्रमशः ३.४६ र २.३५ रुपैयाँ बढेर आएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर