Advertisement
ताजा खबर
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह

प्रतिक्षा खबर
२०८२ असार १८, बुधबार १६:३५

गोपाल झा

महोत्तरी , अषाढ १८ गते

महोत्तरीको मटिहानी नगरपालिकाका वडा नं. ४ र ५ मा कालोपत्रे सडक निर्माण कार्य अगाडि बढिरहेको छ । शहरी विकास तथा भवन निर्माण विभागको सघन सहरी विकास कार्यक्रम अन्तर्गत भइरहेको यस परियोजनाले स्थानीयवासीको दैनीकी जीवनमा उल्लेखनीय परिवर्तन ल्याउने जनविश्वास रहेको छ ।

उक्त योजनाका अनुसार वडा नं. ४ स्थित मझौरा प्रवेशद्वारदेखि वडा कार्यालय बिसनपुर हुँदै वडा नं. ५ को गोबरौरा गाउँसम्मको करिब ४ किलोमिटर लम्बाइको मुख्य सडक कालोपत्रे गरिँदैछ । यस परियोजनाले करिब १५ हजार जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले जानकारी दिनुभयो ।

      नगर प्रमुख मण्डलले स्थानीय बासिन्दाका समस्या समाधान गर्नु हाम्रो दायित्व रहेको भन्दै यसको पूर्वाधार नै विकासको मूल आधार हो भनेका छन् । उनले  यो सडक योजनाले मटिहानीको समग्र विकासलाई नयाँ गति दिने बताउँदै  निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गरिने प्रतिबद्धता समेत जनाएका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागको सघन सहरी विकास कार्यक्रम अन्तर्गत मटिहानी नगरपालिकामा रु. २७,९९,७४,५७७ भ्याट बाहेक को विभिन्न विकास योजनाहरू सञ्चालित रहेको योजनाअन्तर्गत उक्त सडक निर्माणमा झण्डै ४ करोड रुपैयाँ खर्च हुने साइट इन्चार्ज प्रशान्त यादवले जानकारी गराएका हुन् ।

वर्षौंदेखि मझौरा, बिसनपुर र गोबरौरा क्षेत्रमा अव्यवस्थित, धुलाम्य तथा हिलाम्य सडकका कारण जनजीवन कष्टकर रहँदै आएको थियो । यातायात अवरुद्ध हुने, विद्यार्थीहरू विद्यालय जान समस्या भोग्ने, कृषिजन्य उत्पादन बजारसम्म लैजान कठिन हुने, र आकस्मिक स्वास्थ्य सेवामा ढुवानी समेत असहज हुने जस्ता स्थानीयहरूको अब कालोपत्रे सडक बनेपछि ती सबै समस्याबाट मुक्ति मिल्ने विश्वास स्थानीयहरूमा देखिएको छ । बिसनपुरका स्थानीय चन्देश्वर रजक भन्छन्, “सडक बनेपछि हाम्रो बालबालिकालाई विद्यालय जान सजिलो हुने छ, बिरामीलाई अस्पताल पुर्‍याउन समय लाग्दैन, अनि हाम्रो उत्पादन बजारसम्म सहजै पुग्नेछ ।           नगरपालिकाका इञ्जिनियर बिमलेश साहका अनुसार, योजनाको नियमित अनुगमन भइरहेको र निर्माण कार्य निर्धारित समयसीमा भित्रै सम्पन्न गर्ने कार्ययोजना बनाइएको छ । साथै, निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धतासहित प्राविधिक टोली सक्रिय रूपमा खटिएको जानकारी दिएका हुन् ।

त्यस्तै वडा नं. ४ का अध्यक्ष अब्दुर गफार राइनले भने, “सडक बनेपछि हाम्रो गाउँ पनि अब शहर जस्तै देखिनेछ । विकास अब यही बाटोबाट सुरु हुनेछ ।” उहाँले स्थानीय जनप्रतिनिधिहरू र बासिन्दाबीच सहकार्यमा योजना सफल हुने विश्वास व्यक्त गर्नुभयो ।           पूर्वाधार विकासमा जोड दिइएको यस परियोजनाले मटिहानी नगरपालिकालाई दीर्घकालीन रूपमा स्मार्ट नगरको अवधारणातर्फ डोर्याउने संकेत देखिएको छ । यातायात, व्यापार, शिक्षा र स्वास्थ्य सेवामा सुधार हुँदै गएकाले स्थानीय तहबाटै दिगो विकास सम्भव हुने उदाहरणको रूपमा यो सडक योजना अगाडि आएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर