Advertisement
ताजा खबर
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

विश्व रक्तदाता दिवसको अवसरमा जानकी एकेडेमीद्वारा रक्तदान कार्यक्रम सम्पन्न ८३ जना रक्तदाताले गरे रक्तदान

प्रतिक्षा खबर
२०८२ जेष्ठ ३१, शनिबार २१:२५

गोपाल झा
महोत्तरी – जेष्ठ ३१, शनिबार
विश्व रक्तदाता दिवस २०८२ को अवसरमा जानकी एकेडेमी अस्पताल, पर्सा देवाड, महोत्तरीले रक्तदान कार्यक्रमको आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीमा देखिएको रक्त अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा कुल ८३ जना रक्तदाताहरूले रक्तदान गरेका छन् । कार्यक्रमबारे जानकारी दिँदै अस्पतालका व्यवस्थापक संजय यादवले सबै उमेर समूहका व्यक्तिहरूको उल्लेखनीय सहभागिताले रक्तदानप्रति आम सर्वसाधारणलाई सचेत र जागरुक बनाउने कार्यमा टेवा पुगेको बताएका हुन् ।
       रक्तदान कार्यक्रमको मुख्य आयोजना जानकी एकेडेमी अस्पतालले गरेको थियो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा केन्द्र जनकपुर, धनुषाको तर्फबाट नारायण न्यौपानेको नेतृत्वमा तीन सदस्यीय टोलीले गरेको थियो ।
      कार्यक्रमको प्रमुख आतिथ्य जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय कार्यकारिणी सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुरेन्द्र यादवले गरेका थिए । कार्यक्रममा महोत्तरी क्षेत्रका विभिन्न सम्मानित व्यक्तित्व, सुरक्ष निकायका ससस्त्र प्रहरी , पत्रकार , स्थानीय अगुवा, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
       रक्तदानको अबसरमा पुर्ब मन्त्री डा. यादवले कार्यक्रममा बोल्दै भने, हाम्रो खेर जाने रगत यदि दान गर्दा कसैको जीवन बाँच्छ भने त्यो भन्दा ठूलो पुण्य र योगदान केही हुन सक्दैन । यही सोचका साथ यो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
त्यस्तै, पत्रकारहरूसँग कुराकानी गर्दै उनले थपेःहामी सबैको सामूहिक प्रयासले धेरै जनाको जीवन बचाउन सकिन्छ । विश्व रक्तदाता दिवसको यो महत्त्वपूर्ण अवसरमा हामी रक्तदाताको योगदानको उच्च कदर गर्छौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गर्दछौं । उनले रक्तदानलाई समाजसेवाको एक अत्यन्तै पवित्र र प्रभावकारी माध्यमको रूपमा व्याख्या गर्दै, यस्तो कार्यलाई निरन्तरता दिन आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा जानकी एकेडेमीका चिकित्सक, नर्स, प्राविधिक कर्मचारी, साथै स्थानिय युवाहरू, सामाजिक संस्था तथा समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । जानकी एकेडेमी अस्पतालले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर