Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

प्रतिक्षा खबर
२०८२ जेष्ठ ३०, शुक्रबार १०:४३

गोपाल झा
महोत्तरी, जेष्ठ ३० गते
विश्व रक्तदान दिवसको अवसरमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–९ पर्सादेवारमा संचालित जानकी एकेडेमीक हस्पिटलमा भोलि शनिबार, २०८२ साल जेष्ठ ३१ गते, विशेष रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ ।
रक्तदान कार्यक्रमको आयोजना जानकी एकेडेमीक हस्पिटलले गरेको हो भने, प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी जनकपुर शाखा, धनुषाले गर्ने जनाईएको छ । कार्यक्रम बिहान ९ बजेबाट सुरु भई दिउँसो ४ बजेसम्म हस्पिटल परिसरमै रक्तदान कार्यक्रम संचालन गरिनेछ ।
        कार्यक्रमबारे जानकारी दिँदै हस्पिटलका सञ्चालक तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुरेन्द्र यादवले भने, “हाम्रो खेर जाने रगत यदि दान गर्दा कसैको जीवन बाँच्छ भने त्यो भन्दा ठूलो पुण्य र योगदान केही हुन सक्दैन । यही सोचले यो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।”
जानकी एकेडेमीक हस्पिटलका सञ्चालक र पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री, डा. यादवले कार्यक्रममा सहभागिता जनाउन आएका पत्रकारसँग भने, “हाम्रो खेर जाने रगत यदि कसैको जीवन बचाउन प्रयोग भयो भने त्यो भन्दा ठूलो योगदान केही हुन सक्दैन । हामी सबैको सामूहिक प्रयासले धेरै जनाको जीवन रक्षा गर्न मद्दत गर्न सक्छ ।
उनले थप भने, “विश्व रक्तदान दिवसको यो महत्त्वपूर्ण अवसरमा, हामी रक्तदान गर्ने नागरिकको योगदानको कदर गर्छौं र अन्यलाई पनि रक्तदान गर्न प्रेरित गर्दछौं ।” यसका साथ, उनले रक्तदानलाई समाजसेवाको एक अत्यन्तै महत्वपूर्ण रूपको रूपमा व्याख्या गरे र यसको महत्त्वलाई जनताको माझमा फैलाउनको लागि यस्ता कार्यक्रमहरूको आयोजना आवश्यक रहेको बताए ।
जानकी एकेडेमीक हस्पिटल महोत्तरी जिल्लाको औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, सोनमा गाउँपालिका र सम्सी गाउँपालिकाको बीचमा अवस्थित छ, जसले गर्दा यस वरपरका विभिन्न पालिकाबाट पनि सहभागीहरू आउन सहज हुने अपेक्षा गरिएको छ ।
       हस्पिटलका प्रशासन प्रमुख सञ्जय कुमार यादवका अनुसार, रक्तदानको लागी इच्छुक व्यक्तिहरूलाई बिहान ९ बजेदेखि ४ बजेसम्मको समयमा कार्यक्रमस्थलमा उपस्थित भई रक्तदान गर्न आग्रह गरिएको छ ।
आयोजक संस्थाहरूले जनतालाई रक्तदानमार्फत समाजसेवामा सक्रिय भूमिका निभाउन आग्रह गर्दै यस कार्यलाई सफल बनाउन सामूहिक सहयोगको आह्वान गरेका छन् ।
विश्व रक्तदान दिवस हरेक वर्ष जुन १४ तारिखको मनाइन्छ, जसले स्वेच्छिक रक्तदाता प्रति सम्मान प्रकट गर्ने र सुरक्षित रक्तदानप्रति जनचेतना फैलाउने उद्देश्य राख्दछ ।
         नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीले भने, “रक्तदान मात्र शारीरिक स्वास्थ्यको लागि नभई, मानसिक शान्तिका लागि पनि महत्त्वपूर्ण कार्य हो। रक्तदाताहरूको यो साहसिक कदमले अरूसँग सहकार्य र सहानुभूति प्रकट गर्दछ ।” कार्यक्रमको बारेमा थप जानकारीका लागि जानकी एकेडेमीक हस्पिटलको प्रशासन शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।
रक्तदान कार्यक्रमको माध्यमबाट युवाहरूलाई समाज सेवाप्रति प्रेरित गर्नुका साथै, आपतकालिन अवस्थाहरूमा रक्तको अभाव नहोस् भन्ने लक्ष्यसहित कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर