Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन

प्रतिक्षा खबर
२०८२ जेष्ठ १, बिहीबार २१:४६

काठमाडौँ।  विभिन्न सात राजनीतिक दलहरूको सम्मिलनमा बनेको संयुक्त लोकतान्त्रिक मोर्चाले आफ्नो सचिवालय गठन गरेको छ। सचिवालयमा प्रत्येक दलबाट एक–एक जना प्रतिनिधि सहभागी गराइएको छ।

जनता समाजवादी पार्टीबाट रामकुमार शर्मा, जनता प्रगतिशील पार्टीबाट उपाध्यक्ष डा.शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनमत पार्टीबाट अब्दुल खान, तमलोपा (तराई–मधेस लोकतान्त्रिक पार्टी) बाट ब्रजकिशोर सिंह र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ज्ञानेन्द्र झालाई सचिवालय सदस्यमा चयन गरिएको हो।

जनता प्रगतिशील पार्टीका उपाध्यक्ष डा.शिवजी यादवका अनुसार उन्मुक्ति पार्टीबाट सचिवालयका लागि प्रतिनिधि चयन प्रक्रिया अझै बाँकी रहेको छ। सचिवालयले मोर्चाको रणनीति, कार्यक्रम तथा साङ्गठनिक समन्वयमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ।

संयुक्त लोकतान्त्रिक मोर्चाले राष्ट्रिय राजनीतिमा वैकल्पिक धारको निर्माण गर्दै जनताको मुद्दा उठाउने उद्देश्य लिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर