• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सीके र रेशमको एकता : मिलनमाथि नै आशंका, कतिञ्जेल टिक्ला ?


सीके र रेशमको एकता : मिलनमाथि नै आशंका, कतिञ्जेल टिक्ला ?

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशमलाल चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी एक हुने चर्चा निकै भयो । अहिले आएर यी दुवै पक्षले पार्टी एकता अन्तिम चरणमा पुगेकाले घोषणा हुन मात्र रहेको बताइरहेका छन् ।

वैशाख १७ गते दुई पार्टीबिच एकता घोषणा हुने भनिएको छ । जसप्रति यतिवेला दुवै पार्टीमा उत्साह छ । एकताको विषयलाई लिएर जनमतले १६ गते कार्यकारिणी समितिको बैठक बोलाएको छ भने नागरिक उन्मुक्तिले १५ गते ।

पूर्वी र पश्चिमी भूगोलमा विशेष प्रभावक्षेत्र बनाएर राजनीति गरिरहेका दुई पार्टीबिच एकता भए सबैभन्दा ठुलो मधेसकेन्द्रित दल बन्ने पक्का छ । यी दुई पार्टी मिलनका पटक–पटकका प्रयासबिच जनमतका अध्यक्ष सीके राउतको प्रयासले सम्भव भएको हो ।

तर पार्टी एकता हुने अनि लामो समयसम्म नटिक्ने नेपाली दलहरूमा पुरानै समस्या छ । यस्तोमा यी दुई दलबिचको एकता पनि कति समयसम्म टिक्ला ? संशय उत्तिकै छ ।

देशका दुई क्लस्टर मधेश र थरुहट मिल्नुले राजनीतिमा ठुलो सन्देश जाने नै छ । तर टिकाउ कतिञ्जेल हुन्छ ? त्यसमा भने संशय देखिएको राजनीतिक विश्लेषक चन्द्रकिशोर बताउँछन् । थरुहट र मधेसका अन्य बुद्धिजीवी तथा राजनीतिक विश्लेषकहरू पनि उनकै जस्तो विश्लेषण गर्छन् ।

विगतमा पनि तराई–मधेसकेन्द्रित दलबिच एकता नभएका होइनन्, मोर्चाबन्दी, कार्यगत एकता वा गठबन्धन पनि बनेका हुन् । तर दीर्घकालसम्म उनीहरूको एकता टिकेको देखिँदैन ।

जनमत, लोसपा, नागरिक उन्मुक्तिबिच पनि कार्यगत एकता भएको थियो । तर त्यो एक महिना पनि टिकेन । यसको अर्को ज्वलन्त उदाहरण हो, सातदलीय संघीय लोकतान्त्रिक मोर्चा । जुन अहिले लथालिङ्गजस्तै छ ।

अर्थात् तराई–मधेशकेन्द्रित दलहरूबिच हुँदै आएका एकता नौलो नभएको बताउँछन् चन्द्रकिशोर । यसअघि एकता गरेका मधेशकेन्द्रित दलहरूको उदाहरण दिँदै उनले भने, ‘विगतमा मधेसका सबै दल मिलेर जसपा नेपाल बनेको थियो, त्यसअघि छ वटा दल मिलेर राजपा नेपाल बनेको थियो, तर अहिले एक छैनन् ।’ त्यसैले जनमत र नागरिक उन्मुक्तिको एकतामा पनि आफूले भविष्य नदेखेको उनले बताए ।

दुवै नेता आ-आफ्नो ठाउँमा लोकप्रिय छन् । तर पछिल्लो समय राजनीतिमा उनीहरूको प्रभाव कम हुँदै जान थालेको देखिएको छ । त्यसको उदाहारण हो, स्थानीय तहको उपनिर्वाचन ।

स्वतन्त्र मधेसको सोच राखेर उदाएका सीके राउत जनमत पार्टीमार्फत संसदीय राजनीतिमा आएका हुन् । सद्भावना पार्टी, राजपा, जसपा नेपाल, लोसपालगायत पार्टीमा रहेर राजनीति गरेका रेशम चौधरीले पनि संसदीय राजनीति गर्न नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए ।

तर दुवै नेतासँग आन्दोलनको लिगेसी भने छैन, नागरिक उन्मुक्तिमा रहेर काम गरेका राजनीतिक अभियन्ता सुरेन्द्र चौधरी भन्छन्, ‘सीके राउतले मधेश आन्दोलनेको सेन्टिमेन्टले राजनीति गरिरहनुभएको छ, मधेश आन्दोलनमा उहाँको कुनै योगदान छैन ।’ र रेशमको पनि उही अवस्था रहेको उनले तर्क गरे । यस विषय स्वयं रेशमले आफ्नो किताबमा उल्लेख गरेका अभियन्ता चौधरीले बताए ।

दुवै नेता आ-आफ्नो ठाउँमा लोकप्रिय छन् । तर पछिल्लो समय राजनीतिमा उनीहरूको प्रभाव कम हुँदै जान थालेको देखिएको छ । त्यसको उदाहारण हो, स्थानीय तहको उपनिर्वाचन । २०७९ को आमनिर्वाचनबाट उदाएका दुवै दलले स्थानीय तह उपनिर्वाचनमा एक सिट पनि जित्न सकेनन् । यहाँसम्म कि, धेरै ठाउँमा जमानत नै जफत भएको थियो ।

यस्तो संकटबाट आगामी दिनमा जोगिन पनि उनीहरूले पार्टी एकता र गर्न लागेका अभियन्ता चौधरीको बुझाइ छ । चौधरीले मात्र होइन, जनमतकै अध्यक्ष राउतको निर्वाचन क्षेत्र राजविराजका सामाजिक अभियन्ता गोविन्दप्रसाद सिंहको पनि यस्तै तर्क छ ।

थरुहट र मधेश एक ठाउँमा भएर अधिकार र पहिचान सुरक्षित गर्न सक्नुपर्ने सर्वहारीको तर्क थियो । तर एकता भने टिकाउ हुनेमा उनले पनि आशंका व्यक्त गरे ।

‘दुवैले आ–आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न एकता गरेको देखिन्छ,’ अभियन्ता सिंहले भने, ‘उनीहरूबिच के एजेन्डामा एकीकरण भइरहेको छ त्यो स्पष्ट नै छैन ।’ मधेश एउटाले चलाउने, थरुहट अर्कोले चलाउने सहमतिबाहेक अरू केही नदेखिएको सिंहले आरोप लगाए । साथै एकता पनि लामो समय नजाने उनले बताए ।

थरुहटकै वरिष्ठ पत्रकार कृष्ण सर्वहारी पनि यी दुई पार्टीबिचको एकताले थरुहटमा खुसीयाली नदेखिएको बताउँछन् । ‘थारुहरूको एउटा पार्टी थियो, त्यो पनि मधेसी दलमा विलीन भयो भन्दै त्यहाँका जनताले दुःख मानिरहेका छन्,’ सर्वहारीले भने, ‘यद्यपि दुई पार्टीबिच एकता हुनु राम्रो होला ।’

थरुहट र मधेश एक ठाउँमा भएर अधिकार र पहिचान सुरक्षित गर्न सक्नुपर्ने सर्वहारीको तर्क थियो । तर एकता भने टिकाउ हुनेमा उनले पनि आशंका व्यक्त गरे ।

अभियन्ता सुरेन्द्र चौधरीले ढिलै भए पनि सीके र रेशमको एकता हुन लागेको तर उनीहरूकै अहमताले एकता ६ महिनाभन्दा बढी नटिक्ने दाबी नै गरे ।

‘दुवै पार्टीमा आन्तरिक द्वन्द्व छ, दुवै पार्टीमा पारिवारिक कलह छ, दुवै पार्टीले आआफ्ना पुराना नेता तथा कार्यकर्तालाई कारबाही गरेर निकालिरहेका छन्,’ चौधरीले भने, ‘त्यसको प्रभाव नयाँ पार्टीमा पनि पर्ने भएकाले यो टिकाउ र दीर्घकालीन रहन्छ भन्नेमा धेरैको आशंका छ ।’

यी दुई पार्टीबिचको एकताले मधेसमा पनि उत्साह नदेखिएको उनै चन्द्रकिशोर बताउँछन् । ‘पूरै मधेसको आवाज सीकेजी हुनुहुन्न, पूरै थरुहटको आवाज रेशममजी हुनुहुन्न,’ उनले भने, ‘त्यसले थरुहट मात्र होइन, आम मधेसीमा अहिले यो एकताले कुनै उत्साह देखिएको छैन ।’

यद्यपि एकताले राम्रो सन्देश दिएको र टिकाइराख्न सके नेपाली राजनीतिमा एउटा ठुलो सन्देश जाने उनले बताए । तर यी नेताहरूको विगत र वर्तमानलाई विश्लेषण गर्दा भने पत्याइहाल्नुपर्ने अवस्था नरहेको उनले तर्क गरे ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१४ बैशाख २०८२, आईतवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

१४ बैशाख २०८२, आईतवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

१४ बैशाख २०८२, आईतवार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

१४ बैशाख २०८२, आईतवार
Next Post

बालुवाटारमा २ घण्टाको मन्थनपछि सहमतिमा पुगे ओली र देउवा

अवैध रुपैयाँ सहित भारतीय नागरिक पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh