Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

कालीकोट कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

प्रतिक्षा खबर
२०८२ बैशाख १, सोमबार १५:४७
whatsapp sharing button

कालीकोट, वैशाख १ । जिल्ला कारागार कालीकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै आएका छन् । जिल्ला कारागारमा २२ जनाको क्षमता भए पनि अहिले ५२ जना कैदीबन्दी रहेका हुन् । जिल्ला कारागारको क्षमता १५ जना पुरुष र सातजना महिला गरी २२ जनाको हो ।

कारागारमा क्षमताभन्दा कैदीबन्दी कारागारमा राखिएको जिल्ला कारगार कार्यालयका प्रमुख जेलर मानबहादुर विकले बताउनुभयो । “भवन पनि पुरानो छ । भूकम्प आएको खण्डमा कैदीको जीवन निकै जोखिममा छ,” उहाँले भन्नुभयो, “पुरानो भवन त्यसैमा साँघुरो भएकाले बैदीबन्दीको जीवन थप कष्टकर भइरहेको छ ।”

जिल्ला कारागारको नयाँ भवन निमार्णका लागि एक पटक बजेटको व्यवस्थापन भएको र कैदीबन्दी राख्ने अर्को कुनै विकल्प नभएकाले पुरानो भवन भत्काउने अवस्था नभएको जेलर विकले बताउनुभयो । “बजेट रु एक करोड फिर्ता गयो,” उहाँले भन्नुभयो, “कारागारभित्रको माथिल्लो क्षेत्र निकै भिरालो भएकाले कटान गरेर मैदान बनाउन धेरै बजेट लाग्ने भयो ।”

जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले प्रदेशले कारागार बनाउका लागि डिपिआर बनाएको आफूले जानकारी पाएको बताउनुभयो । “ठाउँ अभाव भएको विषयमा पनि छलफल भएको र कैदीलाई कतै सारेर भए पनि भवन बनाउने विषयमा छलफल भइरहेको छ,” उहाँले भन्नुभयो, “क्षमता कमको कैदीबन्दी बढी राख्नु पर्दा व्यवस्थापनमा समेत निकै समस्या हुने गरेको छ ।”

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर