Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

बैशाख २५  भित्र अधिवेशन गर्ने जसपा नेपाल लुम्बिनीको निर्णय

प्रतिक्षा खबर
२०८१ चैत्र २८, बिहीबार ११:३२
whatsapp sharing button

रुपन्देही , चैत २८। जनता समाजवादी पाटी (जसपा) नेपाल लुम्बिनीले तत्काल पालिका, जिल्ला र प्रदेश तहको अधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रदेश कार्यकारिणी समितिको बैठकले यसका लागि विभिन्न जिम्मेवारी तोक्ने निर्णय गरेको छ । पार्टीको प्रदेश कार्यवाहक अध्यक्ष राम अवतार यादवको अध्यक्षता तथा केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्माको प्रमुख आतिथ्यतामा बुधवार रुपन्देहीको भैरहवामा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको हो ।

बैठकले बाँकी रहेका केही वडा, पालिका, जिल्ला र प्रदेशस्तरका भातृ संगठनहरुको अधिवेशन २०८२ वैशाख १५ गतेसम्म गरिसक्नुपर्ने निर्णय गरेको जसपा नेपाल लुम्बिनी प्रदेश मुख्य सचिव राजनबहादुर रानामगरले बताए । उनका अनुसार उक्त समयमा पनि अधिवेशन नगर्ने समितिहरू स्वतः विघटन हुनेछ ।

बैठकले राजन बहादुर राना मगरको संयोजकत्वमा तयार गरिएको पार्टीको स्थानीय तह निर्देशिका २०८१ संशोधन तथा सल्लाह–सुझावसहित पारित गरेको छ । बैठकले पार्टीको स्थानीय तह अधिवेशन सम्पन्न गराउन विभिन्न जिल्लामा निर्वाचन अधिकृत ९संयोजक० र सदस्यहरू तोकेको छ ।

जसअन्तर्गत पश्चिम नवलपरासीको निर्वाचन संयोजकमा वीरेन्द्र पटेल, सदस्यमा भिखु यादव र राजेन्द्र पटेल, रुपन्देहीको संयोजकमा रामनेवास चौधरी, कपिलवस्तुको संयोजकमा अफाक अहमद खान, बाँकेको संयोजकमा मो। महेमुद ईद्रिसी, सदस्यमा खुस्बु श्रीवास्तव र मेघनाथ वर्मा, दाङको संयोजकमा जयराम यादव, सदस्यमा राजकुमार यादव, बर्दियाको संयोजकमा पतिराम यादव, सदस्यमा रामगोपाल ठटेर र सुशिल चौरसिया रहेका छन् ।

त्यस्तै प्रदेशस्तरीय अधिवेशन भव्य रुपमा सम्पन्न गर्न जसपा नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष विद्याप्रसाद यादवको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति गठन गरिएको छ । समितिको सदस्यमा राजन बहादुर राना मगर, शिवपुजन यादव, घुरहु यादव, चन्द्रधामा हरिजन, गौतम यादव र शिव कुमार चौधरी रहेका छन् ।

त्यस्तै राम अवतार यादवको संयोजकत्वमा तीन सदस्यीय राजनैतिक प्रतिवेदन समिति गठन गरिएको छ । जसको सदस्यमा राजन बहादुर राना मगर र शिव कुमार चौधरी रहेका छन् । त्यसैगरी राजन बहादुर राना मगरको संयोजकत्वमा तीन सदस्य सांगठनिक प्रतिवेदन समिति गठन गरिएको छ । समितिको सदस्यमा शिवपुजन यादव र शुशिला पौडेल रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर