Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

बैशाख २५  भित्र अधिवेशन गर्ने जसपा नेपाल लुम्बिनीको निर्णय

प्रतिक्षा खबर
२०८१ चैत्र २८, बिहीबार ११:३२
whatsapp sharing button

रुपन्देही , चैत २८। जनता समाजवादी पाटी (जसपा) नेपाल लुम्बिनीले तत्काल पालिका, जिल्ला र प्रदेश तहको अधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रदेश कार्यकारिणी समितिको बैठकले यसका लागि विभिन्न जिम्मेवारी तोक्ने निर्णय गरेको छ । पार्टीको प्रदेश कार्यवाहक अध्यक्ष राम अवतार यादवको अध्यक्षता तथा केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्माको प्रमुख आतिथ्यतामा बुधवार रुपन्देहीको भैरहवामा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको हो ।

बैठकले बाँकी रहेका केही वडा, पालिका, जिल्ला र प्रदेशस्तरका भातृ संगठनहरुको अधिवेशन २०८२ वैशाख १५ गतेसम्म गरिसक्नुपर्ने निर्णय गरेको जसपा नेपाल लुम्बिनी प्रदेश मुख्य सचिव राजनबहादुर रानामगरले बताए । उनका अनुसार उक्त समयमा पनि अधिवेशन नगर्ने समितिहरू स्वतः विघटन हुनेछ ।

बैठकले राजन बहादुर राना मगरको संयोजकत्वमा तयार गरिएको पार्टीको स्थानीय तह निर्देशिका २०८१ संशोधन तथा सल्लाह–सुझावसहित पारित गरेको छ । बैठकले पार्टीको स्थानीय तह अधिवेशन सम्पन्न गराउन विभिन्न जिल्लामा निर्वाचन अधिकृत ९संयोजक० र सदस्यहरू तोकेको छ ।

जसअन्तर्गत पश्चिम नवलपरासीको निर्वाचन संयोजकमा वीरेन्द्र पटेल, सदस्यमा भिखु यादव र राजेन्द्र पटेल, रुपन्देहीको संयोजकमा रामनेवास चौधरी, कपिलवस्तुको संयोजकमा अफाक अहमद खान, बाँकेको संयोजकमा मो। महेमुद ईद्रिसी, सदस्यमा खुस्बु श्रीवास्तव र मेघनाथ वर्मा, दाङको संयोजकमा जयराम यादव, सदस्यमा राजकुमार यादव, बर्दियाको संयोजकमा पतिराम यादव, सदस्यमा रामगोपाल ठटेर र सुशिल चौरसिया रहेका छन् ।

त्यस्तै प्रदेशस्तरीय अधिवेशन भव्य रुपमा सम्पन्न गर्न जसपा नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष विद्याप्रसाद यादवको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति गठन गरिएको छ । समितिको सदस्यमा राजन बहादुर राना मगर, शिवपुजन यादव, घुरहु यादव, चन्द्रधामा हरिजन, गौतम यादव र शिव कुमार चौधरी रहेका छन् ।

त्यस्तै राम अवतार यादवको संयोजकत्वमा तीन सदस्यीय राजनैतिक प्रतिवेदन समिति गठन गरिएको छ । जसको सदस्यमा राजन बहादुर राना मगर र शिव कुमार चौधरी रहेका छन् । त्यसैगरी राजन बहादुर राना मगरको संयोजकत्वमा तीन सदस्य सांगठनिक प्रतिवेदन समिति गठन गरिएको छ । समितिको सदस्यमा शिवपुजन यादव र शुशिला पौडेल रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर