• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राजावादी आन्दोलन समितिको आरोप– सरकारले घुसपैठ गराई अशान्ति मच्चायो


राजावादी आन्दोलन समितिको आरोप– सरकारले घुसपैठ गराई अशान्ति मच्चायो
१५ चैत, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलनमा सरकारले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेको छ ।

 

समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै सत्ताधारीहरूले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेका हुन् । उनले निजी घरभित्रबाट समेत भएको दमनका कारण आक्रोशित जनसमुदायबाट समेत आत्मरक्षाका लागि प्रतिकार भएको दावी गरेका छन् ।

‘राजसंस्था पुनर्स्थापनाका लागि शुरु भएको शान्तिपूर्ण जनआन्दोलनमा भ्रष्ट, निरंकुश र प्रतिगामी सत्ताधारीहरुद्वारा घुसपैठ गराई अशान्त वातावरण सिर्जना गराइएकोमा संयुक्त जनआन्दोलन परिचालन समिति निन्दा व्यक्त गर्दछ,’ नेपालले विज्ञप्तिमा भनेका छन् ।

उनले बुधबारदेखि नै सरकार नागरिकमाथि दमनमा उत्रिएको दावीसमेत गरेका छन् । ‘हिजोदेखि नै चक्रपथ छुन समेत नदिने गरी षडयन्त्रपूर्वक बालाजु, कलंकी, बूढानीलकण्ठ चाबहिल लगायतका क्षेत्रबाट रिंगरोड नछोई र रिंगरोडबाट भित्रसमेत प्रवेश नगरी कोटेश्वर पुग्नु उर्दी जारी गरी सो स्थानबाट कोटेश्वरतर्फ आउने नागरिकहरूमाथि दमन गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको सभामा भन्दा कयौं गुणा बढी सहभागी आफूहरूको प्रदर्शनमा भएको दावी गरेका प्रवक्ता नेपालले त्यसबाट आत्तिएको सत्ताधारी जत्थाका घुसपैठियाहरूले निजी घर भित्रबाट जनसमुदायमाथि प्रहार शुरु गरेको दावी गरेका छन् ।

‘कार्यक्रमस्थलमा नेतृत्वगण आइपुग्ने समय समेत नदिई भएको घुसपैठ र दमनबाट उत्पन्न अशान्त वातावरणका लागि निरंकुश सत्ताले जिम्मेवारी लिनु पर्ने हामी प्रष्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘घाइते आन्दोलनकारी, प्रहरीहरूको तत्काल निःशुल्क उपचार गर्न तथा क्षति पुगेका व्यवसायीहरूका लागि क्षतिपूर्तिको तत्काल व्यवस्था गर्ने जिम्मेवारी पनि सरकारको रहेको हुँदा तत्काल सो को प्रबन्ध गर्न पनि अनुरोध गर्दछौं ।

संयुक्त जनआन्दोलन परिचालन समितिले स्थिति थप भयावह हुने चेतावनी दिँदै तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न आह्वान गरेको छ ।

‘आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको छ । गणतन्त्र कागजमा मात्र सीमित रहेको छ । यस अवस्थालाई ध्यानमा राखी पूरानो संसदीय व्यवस्थावादीहरूले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने निश्चित रहेकोले तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न, राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरु समेतलाई स्थितिको गम्भीर र विवेकपूर्ण पर्यवेक्षण गरिदिन समेत आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

१४ चैत्र २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

१४ चैत्र २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

१४ चैत्र २०८१, शुक्रबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

१४ चैत्र २०८१, शुक्रबार
Next Post
एकीकृत समाजवादी कार्यालयमा आगजनी

तीनकुनेमा घर आगलागी भएको स्थानमा पुरुषको शव फेला

औरही गाउँपालिकाका अध्यक्ष रिहा

औरही गाउँपालिकाका अध्यक्ष रिहा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh