Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

साेनमा गाउँपालिकाे एक जना सहित  नक्कली नोट बनाउने गिरोहमा संलग्न पाँच जना पक्राउ

प्रतिक्षा खबर
२०८१ फाल्गुन २८, बुधबार १२:२६

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२, कै ३५ वर्षीया सिहानता कुमारी देवी रहेका छन् ।

भारततर्फबाट बा.४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३०४९ नम्वरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरुलाई विशेष सूराकीको आधारमा खानतलासी लिँदा नक्कली नोट बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए ।

प्रहरीले उक्त गिरोहको साथबाट नेपाली नक्कली एक हजार दरको तलमाथि एक/एक वटा नोट राखी बिचमा सेतो पेपर राखेर बनाइएको ८८ थान बण्डलमा नक्कली नेपाली रुपियाँ १७६ थान (एक लाख ७६ हजार रुपियाँ) बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई मुद्रा सम्वन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी राईले उज्यालो अभियानसँग बताए । नक्कली नोट बनाउन यि पाँच जना बाहेक अन्य व्यक्ति समेत संलग्न रहेको हुनसक्ने आशङ्काको कोणबाट प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर