Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

अफगानिस्तानको दोस्रो ठूलो शहर तालिबानको कब्जामा

प्रतिक्षा खबर
२०७८ श्रावण २९, शुक्रबार १५:४५

२९ साउन, काठमाडौं । अफगानिस्तानको चरमपन्थी संगठन तालिबानले मुलुकको दोस्रो ठूलो शहर कन्दाहारलाई आफ्नो कब्जामा लिएको छ ।
यो शहर कुनै समय तालिबानको महत्वपूर्ण पकड रहेको शहर थियो र रणनीतिक हिसाबमा पनि यो शहर निकै महत्वपूर्ण छ । यसलाई अफगानिस्तानको ट्रेड हबको रुपमा लिने गरिन्छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा स्थानीय सरकारका अधिकारीले भनेका छन्, ‘गत राति भएको ठूलो भीडन्तमा तालिबानले कन्दाहार शहरलाई नियन्त्रणमा लिएको छ ।’ यसअघि नै तालिबानका एक जना प्रवक्ताले कान्दहार कब्जा गरेको दाबी गरेको बताए पनि सरकारी अधिकारीको प्रतिक्रिया आएको थिएन ।
बिहीबार हेरात र घान्जी शहरमा पनि तालिबानले कब्जा जमाएको थियो ।
यसैबीच अमेरिकाले आफ्नो दूतावासका कर्मचारीको उद्धारको लागि तीन हजार सेना अफगानिस्तान पठाउने भएको छ । त्यस्तै बेलायतले पनि आफ्ना नागरिकलाई मुलुक छाड्न सहयोग गर्नका लागि अस्थायीरुपमा ६ सय सैनिक पठाउने निर्णय गरेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो एक महिनामा मात्र अफगानिस्तानको युद्धमा एक सय आम नागरिक मारिएका छन् । सेभ द चिल्ड्रेनका अनुसार पछिल्लो केही दिनमा राजधानी शहरमा विभिन्न स्थानबाट ७२ हजार बालबालिका सुरक्षा खोज्दै आइपुगेका छन् र उनीहरु सडकमा नै सुत्न बाध्य छन् ।

–एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर