Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

इन्टरनेट सेवा प्रदायक संघले भन्यो : सामाजिक सञ्जाल भोलि साँझ मात्रै बन्द हुन्छ

प्रतिक्षा खबर
२०८२ भाद्र १९, बिहीबार १९:४२

१९ भदौ, काठमाडौं । नेपाल दूरसञ्‍चार प्राधिकरणले सूचीकरणमा नपरेका सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्दगर्न निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायक संघले भोलिसम्म समय लाग्‍ने बताएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान)का अध्यक्ष सुधीर पराजुलीले सरकारले गरेको निर्णय र प्राधिकरणको आदेश पूर्ण रुपमा कार्यान्वयन गर्न भोलिसम्मको समय लाग्‍ने बताए ।

उनले , ‘प्राधिकरणको परिपत्र आइएसपानको आधिकारिक इमेलमा आइसकेको छ। हामी सामाजिक सञ्जाललाई बन्द गर्न टेक्निकल कमिटी बनाउने तयारी गरेका छौं। यी सञ्जालहरूलाई पूर्ण रुपमा बन्द गर्न भोलि साँझसम्म लाग्न सक्छ। आजै त हुँदैन ।

अध्यक्ष पराजुलीले सरकारलाई आफूहरूले सामाजिक सञ्जाललाई पूर्णरुपमा बन्द नभई नियमन गर्नेगरी सुझाव दिएको बताए ।

यसअघि नेपाल दूरसञ्‍चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रीपरिषदको भदौ ५ गतेको  निर्णय,आज (बिहीबार) बसेको सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको बसेको मन्त्रीस्तरीय निर्णय र  सामाजिक सञ्जालको प्रयोगलाई व्‍यवस्थित गर्ने निर्देशिक, २०८० लाई आधार मान्‍दै  २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको थियो।

साथै सरकारले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स(ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट,डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा,टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई बन्द गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर