Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सरकार असफल साबित भइसकेको उपेन्द्र यादवको निष्कर्ष

प्रतिक्षा खबर
२०८१ फाल्गुन १८, आईतवार १८:२९

केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक एवं संगठनात्मक प्रतिवेदन मार्फत् यादवले सुशासन, समृद्धि र विकास गर्नु भन्दा बढी पनि यो सरकार कोरा नारामा मात्र सीमित रहेको उल्लेख गरेका छन् ।

‘सरकारप्रति जनताको नैरास्यता बढ्दो छ । भ्रष्टाचार नियन्त्रण गर्नु नसक्नु, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने सरकारको कुनैपनि ठोस नीति कार्यक्रम तथा योजना देखिन्न’, उनको प्रतिवेदनमा भनिएको छ ।

हरेक हिसाबले असफल भइसकेको सरकारको आयु बढाउन साना दललाई कमजोर बनाउने खेल भइरहेको पनि यादवले बताएका छन् ।

‘केपी शर्मा ओली नेतृत्वको सरकारको आयू लम्ब्याउन जालझेल गर्ने, अरु दललाई कमजोर बनाउने नीति लिएको पाइन्छ । सरकारले दुई दलीय व्यवस्था कायम गर्न ल्याउने भनिएको थ्रेसहोल्ड बढाउने सम्बन्धी विधेयक त्यसैको एउटा ज्वलन्त उदाहरण हो’, प्रतिवेदनमा भनिएको छ ।

यादवले साना दलहरुको अस्तित्व निषेध गर्ने कुरा लोकतान्त्रिक मूल्य र मान्यता बिपरीत भएको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर