Advertisement
ताजा खबर
मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न

☰

रिंकु सदा हत्याको दोषीलाई कारबाही नगरे आन्दोलन

प्रतिक्षा खबर
२०८१ फाल्गुन १७, शनिबार १९:२८

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले रिंकु सदा हत्याको छानबिन गरी दोषीमाथि कारबाहीका लागि माग गरेका छन् । सरकारले पीडितलाई न्याय दिलाउन चासो नदेखाए पार्टीले कडा आन्दोलन गर्ने चेतावनीसमेत उनले दिएका हुन् ।

अध्यक्ष महतोले आज एक विज्ञप्ति जारी गरी सिरहा नवराजपुर गाउँपालिका– १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु भएको यतिका दिन बितिसक्दा पनि सरकार गम्भीर नदेखिएको उल्लेख गरेका छन् ।

अपराधीहरूलाई संरक्षण दिने, प्रमाण नष्ट गर्ने वा घटनालाई राजनीतिक संरक्षण दिने जुनसुकै प्रयासलाई आफ्नो पार्टीले कडा विरोध गरेको भन्दै अध्यक्ष महतोले पीडित परिवारलाई शीघ्र न्याय दिलाउन र दोषीलाई कडा कारबाही गर्न माग गरे ।

उनले भनेका छन्, ‘आज विश्व नागरिक सुरक्षा दिवस पनि हो तर नेपालका नागरिक आफूलाई सुरक्षित महसुस गर्न सकिरहेको छैन ।’  नेपालमा पछिल्ला दिनहरूमा धाक–धम्की, गुण्डागर्दी, हत्या, हिंसा, बलात्कार र अन्य जघन्य अपराधहरूमा वृद्धि भइरहेको भन्दै उनले कानुनी राज्यको अस्तित्वमाथि गम्भीर प्रश्न उठाएको बताए ।

यदि यस्तो अपराधलाई रोकथाम गर्न कडा नीति अवलम्बन गरिएन भने नागरिकको सुरक्षामा गम्भीर संकट उत्पन्न हुने बताउँदै उनले न्यायका लागि संघर्षरत सबै नागरिक, अधिकारकर्मी र न्यायप्रेमी संघसंस्थासँग ऐक्यबद्धता जनाउँदै, रिंकु सदा हत्या काण्ड लगायतको अन्यायविरुद्ध सशक्त दबाब सिर्जना गर्न अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर