• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

गौर आँखा अस्पतालले २० लाखबढी मानिसलाई पुनः संसार देखायो


गौर आँखा अस्पतालले २० लाखबढी मानिसलाई पुनः संसार देखायो

रौतहट । गौर आँखा अस्पताल पुरेनवाले २० लाख बढी मानिसलाई पुनः संसार देखाएको छ। रौतहट सर्लाही, बारादेखि भारतसम्म लोकप्रिय पुरेनवा आँखा अस्पतालले मोतीबिन्दु लगायत रोगको सफल अपरेसन र आँखा सम्बन्धी विभिन्न रोगको उपचार गरी निको बनाएर २० लाख भन्दा बढी मानिसलाई पुनः संसार देखाएको हो।

अस्पताल सञ्चालन भएको २०५४ साल पुस महिना देखी हालसम्म कुल १ लाख, ९३ हजार ६८३  जना  मोतीबिन्दु लगायत विभिन्न रोगबाट ग्रसित बिरामीको सफलता पूर्वक आँखाको अपरेसन गरी पुनः संसार देखाएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर प्रज्वल बस्नेतले बताए। त्यसैगरी सोही अवधिमा अस्पतालमा ओपिडी सेवा मार्फत कुल १८ लाख ८८२ जना आँखा रोगका बिरामीहरूको सफल उपचार गरी निको बनाएर पुनः संसार देखाएको अस्पतालका लेखा अधिकृत पवन न्यौपानेले जानकारी दिए

आँखा अस्पताल पुरेनवामा मेडिकल डाइरेक्टर डाक्टर बस्नेतसँगै नेत्र विशेषज्ञ डाक्टर प्रिती चौधरि, सुरेन्द्र मिश्रा, मनोज साह लगायत  ६६ जना कर्मचारी कार्यरत रहेका छन्। आँखाको अपरेसन फेको प्रविधि र एसआईसीएस प्रविधिबाट हुने गरेको अस्पतालले जनाएको छ।

आँखा अस्पतालमा दैनिक सरदर ओपिडी तर्फ ४५० बिरामी उपचारको लागि आउने गर्दछन्। त्यसैगरी मोतीबिन्दु लगायत विभिन्न रोगबाट ग्रसित ४५ जना बिरामीको आँखाको सफल अपरेसन हुनेगरेको अधिकृत न्यौपानेले जानकारी दिएका छन्।

नेपाल नेत्र ज्योति सङ्घ द्वारा सञ्चालित गौर आँखा अस्पताल पुरेनवाका संस्थापक तथा स्थापना गर्न महत्त्वपूर्ण योगदान दिएका आवोका जापानका डाक्टर जुन्सुके आकुराले केहीदिन अघि अस्पतालको अनुगमन गरेका थिए।

डाक्टर आकुरा लामो समय पश्चात् पुरेनवा आँखा अस्पतालको अकस्मात् अनुगमन गरेका हुन्।

FB_IMG_1740797404082

तत्कालीन समाकल्याण मन्त्री स्व. शेख इद्रिस र नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय कार्यालयको पहल र डाक्टर कमल बहादुर खडकाको सक्रियतामा नेपाल सरकारबाट २ बिगाहा डेढ कठा जग्गा प्राप्त गरीआँखा अस्पतालको स्थापना गरिएको थियो।

जापानी दातृसंस्था आओका र २४आवर टेलिभिजनको आर्थिक सहयोगमा भवन निर्माण पश्चात्  बि।सं। २०५४ पौष १६ गते तत्कालीन स्वास्थ्य राज्यमन्त्री  ब्रजकिशोर सिंहबाट बिधिवत रुपमा उद्घाटन भएर सञ्चालन अस्पतालले सेवा सुरु गरेको थियो। ईश २००६ अगस्ट महिना देखि कुनै पनि दातृ निकायको सहयोग नरहेको अस्पतालका लेखा अधिकृत पवन न्यौपानेले बताएका छन्।

गौर आँखा अस्पताल पुरेनवा तराई मधेस देखी भारतसम्म निकै लोकप्रिय रहेको छ। उक्त अस्पतालमा तराई मधेसका साथै आँखा सम्बन्धी रोगको उपचार तथा मोतीबिन्दु रोगको अपरेसन गराउन भारतको बिहार देखी उत्तर प्रदेशको बिरामीहरू आउने गर्दछन्।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१७ फाल्गुन २०८१, शनिबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१७ फाल्गुन २०८१, शनिबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१७ फाल्गुन २०८१, शनिबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१७ फाल्गुन २०८१, शनिबार
Next Post

ओली सरकारलाई दिएको समर्थन चाँडै फिर्ता हुन्छ : उपेन्द्र यादव

एक युव‍कको हत्या, गोली लागेको आशंका 


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh