• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पूर्वराजाको सन्देशले थप बल पुर्‍याएको छ : राजेन्द्र लिङ्देन


पूर्वराजाको सन्देशले थप बल पुर्‍याएको छ : राजेन्द्र लिङ्देन

७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सार्वजनिक भिडियो सन्देशले आफूहरूको एजेण्डामा थप बल पुर्‍याएको बताएका छन् ।

वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको कारण राजसंस्था पुनःस्थापना गर्नुपर्ने आफूहरूको एजेण्डा रहेको उनको भनाइ थियो ।

आफूहरू समयदेखि राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागसहित आन्दोलनमा नै रहेको लिङ्देनले उल्लेख गरे ।

‘राजाको आह्वानलाई व्यवहारमा लागु गर्ने दुई वटा बाटो छ । एउटा वार्ताको माध्यमबाट र अर्को आन्दोलनको बाटोबाट । राजाको आह्वानबाट समान विचार भएका अन्य व्यक्ति र दलहरूसँग सहकार्य र समन्वय गर्ने बाटो थप खुलेको छ जसको लागि हामी लामो समयदेखि प्रयास समेत गरिरहेका थियौं,’ उनले भने ।

राप्रापाले राजसंस्थाको पुनःस्थापना, प्रदेश खारेजी, कार्यकारी प्रधानमन्त्री र हिन्दु राष्ट्रको एजेण्डासहति सातवटै प्रदेशमा सभाको आयोजना गर्ने समेत बताए । पूर्वराजा शाहद्वारा जारी भिडियो सन्देशले समान विचार भएका पार्टी र व्यक्तिहरुबीच सहकार्य र समन्वयको लागि बाटो खुला भएको समेत उनले दाबी गरे ।

‘हामी लामो समयदेखि नै नेपालमा अभिभावकीय संस्थाको रुपमा राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी, हिन्दु राष्ट्र, सुशासनको विषयमा अभियान र आन्दोलनमै छौं,’ उनले भने, ‘त्यो क्रममा अहिले हामी सातवटै प्रदेशमा भण्डाफोर सभाहरू गरिराखेका छौं । पर्सि फागुन ९ गते कास्कीको पोखरामा गण्डकी प्रदेशको सभा रहेको छ । स्वाभाविक रुपमा त्यो सभाभन्दा अगाडि राजाको यो सन्देश आउँदा हामी उत्साहित भएका छौं ।’

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

७ फाल्गुन २०८१, बुधबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

७ फाल्गुन २०८१, बुधबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

७ फाल्गुन २०८१, बुधबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

७ फाल्गुन २०८१, बुधबार
Next Post

अमेरिकी सहायता रोकिँदा आयोजना क्षेत्रमा ठुलो संकटको त्रास

नेपाली छात्रा मृत्यु प्रकरण : फोन र मेसेज गरेर विद्यार्थीलाई फर्कन अनुरोध गर्दै केआईआईटी विश्वविद्यालय


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh