Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

उन्नत जातका कुखुरा पालन तर्फ कृषक आकर्षीत , गाउँमा पाइनै छाडे स्थानीय जातका कुखुरा

प्रतिक्षा खबर
२०८० श्रावण ९, मंगलवार २३:३८

गोपाल झा

महोत्तरी , श्रावण ९ गते

महोत्तरीमा पछिल्लो समय घरघरमा पाईने स्थानीय जातका कुखुरा पाउन छाडेको छ । कम समयमा शारीरीक रुपले बढी बिकासहुने र आम्दानीपनी हुने भएकाले क्रस, ब्रोइलर र गिरिराज जातका कुखुरा पालन तर्फ गाउँ–गाउँमा किशानहरु आकर्षीत भएका छन् ।

स्थानीय जातका कुखुरा भने विरलै मात्रामा पाइन्छ स्थानीय जातका कुखुराबाट आम्दानी हुन लामो समय कुर्नुपर्ने तर उन्नत र ब्रोइलर कुखुराबाट छिटो आम्दानी हुने भएकाले पनि स्थानीय जातका कुखुरा पालनमा कमी आउन थालेको हो ।

जिल्लाको शहरमा मात्रै होइन,  गाउँबस्तीमा समेत ब्रोइलर, कोइलर र गिरिराज जातको कुखुराको चल्ला ल्याएर किशानहरु पाल्न थालेपछि स्थानीय जातका कुखुरामा कमी आएको छ । स्थानीय जातका कुखुरा महँगो पर्नुका साथै हुर्कनका लागि पनी धैरै समय कुर्नु पर्ने भएकाले लेयर्स र  ब्रोइलर जातका कुखुरा पालनप्रति किसानको आकर्षण बढेको एकडारा – १ का कुखुरा पालन गर्दै आएका किशन बिनोद साहको भनाई छ ।

      छिटो हुर्कने र सस्तो हुने भएकाले नयाँ जातका कुखुराको माग बढ्न थालेकाले र स्थानीय जातको कुखुरामा कमी आएको उनले बताए ।

उन्नत जातका कुखुराको चल्ला फार्म सम्म ल्याउँदा प्रती चल्ला करीब ६० देखी ८०  रुपैया लग्छ भन्ने ४५ दिनमा मात्रै २ देखी ढाई किलो वजनको  कुखुरा तयार भए पछी सहजै बिक्री हुन्छ । कुखुरा फर्मको क्षमता अनुसार एक पटकमा  जती चल्ला राखेपछी लगानीको करीब दुई गाना बढी आम्दानी हुने कुखुरा फर्मका कृषक साहले बताए ।

उन्नत जातका कुखुरा पालन गर्दा चल्ला लाई राम्रो संग स्याहार सुसार र बिभिन्न रोग बाट बचाउन औषधीहरुको पनी उतिकै खयाल राख्नु पर्छ भन्दै कहिले काहि कुनै लाँटमा रोग फैलियो भने राखेको सबै चल्ला नष्ट हुँदा घाटा पनी बेहोर्नु पर्छ बताउँदै सह,  स्थानिय सरकारबाट कुखुरा पालक किशानको लागी कृषी तथा पशुपक्षी साखा बाट कुनै किसीमकमे प्रबिधिक सहयोग या तालिम जस्ता कार्यक्रमहरुको ब्यबस्था न गरेकोले कुखुरा पालक कृषकहरु अनेकौ प्रकारको समस्याहरुबाट गुज्रीदै आएको दुखेसो पोखेका छन् ।

           खास गरेर एकडारा गाँउपालीकाले स्थानिय तहबाट हामी कुखुरा पालक किशानहरुको लागी अहिले सम्म प्राबिधिक , चिकित्सक , औषधी या तलिमको ब्यबस्था न भएको भन्दै यस्ता कृषकहरुलाई स्थानिय सरकाबाट सहयोग हुनु पर्ने माँग गरेका छन् ।

नयाँ जातका कुखुराहरू छिटो हुर्कने र मनग्य आम्दानी गर्न सकिने भएपछि अधिकांशले आफू खान र केही खर्च जुटाउन पनि उन्नत जातका कुखुरा मात्रै पाल्ने गरेको छ । स्थानीय जातका विशेषगरी साकिनी, घाँटी खुइले र उल्टे प्वाँख जातका कुखुराभन्दा ब्रोइलर कुखुरा दुई महिनाभित्र बजारमा लिएर आउने र बिक्री भएर आम्दानी हातमा पर्ने भएकाले स्थानीय जात हराउन थालेको स्थानीयहरूले बताएका छन् ।

स्थानीय जातको कुखुराको माग अत्यधिक हुने भए पनि उत्पादन हुन धेरै समय लाग्ने भएकाले स्थानीय जातका कुखुरापालनमा कृषकको आकर्षणमा  कमी आएको स्थानीय बताउँछन् । पछिल्लो समय सस्तो मूल्यमा ब्रोइलर कुखुरा आउन थालेपछि किसानहरू उन्नत जातका कुखुराप्रति आकर्षित भएका छन् । फाट्टफुट्ट रैथाने कुखुरा (भाले)  पाए पनि ३ हजार भन्दा बढी मुल्य पर्छ । माउ (पोथी) २ हजार देखि २ हजार ५ सय सम्म पर्छन् । समुदायमा स्थानिय सरकार र गैर सरकारी संस्थाहरुले जिबिकोपार्जन कार्यक्रम अन्तरगत बाख्रा , सुगुर , भैसी , र हाँसहरु दिँदै आएपनी स्थानीय जातका कुखुरापालनका लगी कहिले सम्म कुनै त्यस्तो कार्यक्रम भएको छैन । स्थानिय सरकार स्थानिय जातका कुखुरा पालक किशानहरुलाई प्रोत्साहित गरे कृषकहरु स्थानिय जातका कुखुरा पालन गर्ने तर्फ लाग्न सक्छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर