• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन, गृहमन्त्रीको दाबी- अध्यादेश अघि बढ्छ


३ फागुन, काठमाडौं । सरकारले जारी गरेका अध्यादेशमा सहमति जुटेको सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरूले दाबी गरेका छन् ।

सरकारले हिउँदे अधिवेशन नभएको बेला पारेर ६ वटा अध्यादेश जारी गरेको थियो ।

तीमध्ये भूमिसम्बन्धी अध्यादेशमा आफूहरूको असहमति रहेको सो पार्टीले यसअघि नै निर्णय लिएको थियो । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको प्रतिनिधिसभामा प्रष्ट बहुमत भए पनि राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल निर्णायक छ ।

सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने बताएको थियो । यद्यपि शनिबार बालुवाटारमा बसेको बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए ।

गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र सांसद राजकिशोर यादवसँग छलफल गरेरै सहमति भएको दाबी गरेका छन् ।

बालुवाटार बैठकबाटै उनीहरूसँग फोन संवाद भएको गृहमन्त्री लेखकले बताएका छन् ।

‘जसपा नेपालको उपेन्द्र र राजकिशोरजीसँग फोनमा वार्ता भएको छ । उहाँहरूसँग पनि कुरा भएको छ,’ गृहमन्त्री लेखकले भने ।

अध्यक्ष यादव काठमाडौं बाहिर भएकाले आजको बैठकमा सहभागी नभएको पनि उनले बताए ।

‘काठमाडौं बाहिर भएकाले फोनमा कुरा भएको छ,’ उनले भने ।

यद्यपि, जसपा नेपालका प्रवक्ता मनिष सुमनले भने अध्यादेशका पक्षमा उभिनेबारे आफूहरूको पार्टीबाट कुनै निर्णय नभएको जिकिर गरे ।

‘भूमिसम्बन्धी अध्यादेश त फिर्ता नै गर्नुपर्छ भनेर हामीले राखेको अडान यथावत छ,’ उनले अनलाइनखबसँग भने, ‘अन्य पाँच वटा अध्यादेश पनि प्रतिस्थापन विधेयकमार्फत् संशोधन हुनुपर्छ ।’

उपेन्द्र नेतृत्वको जसपा नेपाल बाहेक सत्ता गठबनध्नका सबै दलहरू बैठकमा सहभागी भएको लेखकले बताए ।

‘सरकारमा रहेका सबै राजनीतिक दलका शीर्ष नेताहरू उपस्थित हुनुहुन्थ्यो । सहमति भएको छ । सहमति अनुसार नै अघि बढ्छौं,’ उनले भने ।

प्रतिनिधिसभाको बैठक भोलि बस्दैछ भने राष्ट्रिय सभा बैठक ६ गते बस्दैछ ।

‘प्रतिस्थापन हुन्छ । हामी सहमति गरेर जान्छौं । सबै अध्यादेशलाई भोलि प्रतिस्थापन गर्नैपर्छ । सहमति भएका अध्यादेश अघि बढ्छन्,’ लेखकले भने, ‘भूमिसम्बन्धीमा प्रतिस्थापन गर्दा आपसमा छलफल गरेर सबैका भावना समेटेर अघि बढ्छौं ।’

लेखकले अघि थपे, ‘राष्ट्रिय सभा ६ गते छ । सम्भवतः सोही दिन प्रस्तुत हुन्छ होला ।’

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

३ फाल्गुन २०८१, शनिबार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

३ फाल्गुन २०८१, शनिबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

३ फाल्गुन २०८१, शनिबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

३ फाल्गुन २०८१, शनिबार
Next Post

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि क्यानले खुलायो आवेदन

प्रेस चौतारी महोत्तरीको नेतृत्वमा रामनारायण महतो निर्वाचित

प्रेस चौतारी महोत्तरीको नेतृत्वमा रामनारायण महतो निर्वाचित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh