Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्टनेटल वार्ड’ सिल गरियाे

प्रतिक्षा खबर
२०७७ श्रावण १२, सोमबार १५:४८

प्रतीक्षा खबर
विराटनगर, साउन १२ गते
प्रदेश नम्बर १ को विराटनगरस्थित कोसी अस्पतालमा डाक्टर र नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्टनेटल वार्ड’ सिल गरिएको छ ।
आइतबार रातिदेखि कोसीको पोस्टनेटल वार्ड सिल गरी संक्रमति नर्सको सम्पर्कमा रहेकाहरूको स्वाब संकलन काम सुरु गरिएको कोसी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
संक्रमित नर्स विराट नर्सिङ होममा पनि आंशिक रूपमा कार्यरत थिइन् । नर्सिङ्ग होमका सञ्चालक समेत रहेका डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना पुष्टि भएपछि गरिएको थप परीक्षणमा ती नर्ससहित ४ जनामा कोरोना देखिएको छ ।
आइतबार साँझ कोसी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोसी र विराट दुवैतिर कार्यरत ती नर्समा कोरोना संक्रमण देखिएको अस्पतलाका मेसु दासले बताए । संक्रमित नर्स कोसी अस्पतालको ‘पोस्टनेटल वार्ड’ मा कार्यरत थिइन् ।
डेलिभेरी भएपछि राखिने वार्डलाई पोस्नेटल वार्ड भन्ने गरिन्छ । पोस्टनेटल वार्ड सिल गरेपछि कन्ट्रयाक ट्रेसिङ्गमार्फत उनको सम्पर्कमा रहेकाहरूको स्वाब संकलन गर्ने तयारी सुरु गरिएको हो ।
कोसी अस्पतालका फार्माकोलोजीका १ जना चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरी घर भएका चिकित्सकलाई गत शनिबार कोरोना पोजेटिभ देखिएको हो
संक्रमण देखिएका चिकित्सक भर्खरै आएकोले अस्पतालमा काम भने सुरु गरेका थिएनन् । सप्तरी घरबाट आएलगतै ज्वरो आउन थालेपछि उनको स्वाब संलकन भएको थियो ।
कोसीको ल्याबमा गरिएको परीक्षणमा रिपोट पोजेटिभ आएको कोसी अस्पतालले जनाएको छ । संक्रमित चिकित्सक कोसी अस्पतलाको कोभिड–१९ उपचार केन्द्रमा अहिले उपचार भइरहेको छ । सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर