Advertisement
ताजा खबर
सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

समाजवादी मोर्चा सक्रिय बनाउँदै प्रचण्ड, उपेन्द्रलाई मनाउने जिम्मा माधवलाई

प्रतिक्षा खबर
२०८१ पुष २५, बिहीबार २०:४१

२५ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा सक्रिय बनाउने प्रयास अघि बढाएका छन् । यही प्रयासअन्तर्गत प्रचण्डले बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग संवाद गरे ।

सिंहदरबारमा भएको भेटमा माओवादी केन्द्रका तर्फबाट उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीको तर्फबाट वरिष्ठ उपाध्यक्ष बेदुराम भुसाल सहभागी थिए । समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेन्डाहरूका सम्बन्धमा छलफल भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

समाजवादी मोर्चा लामो समयदेखि निश्कृय छ । ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपाल) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।

पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल समाजवादी मोर्चामा सक्रिय छैन । बिहीबार माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको भेटमा उपेन्द्र यादवलाई मोर्चामा सक्रिय बनाउने विषयमा छलफल भएको थियो ।

नेताहरूका अनुसार अब केही समयभित्रै मोर्चाको बैठक बस्नेछ । त्यसपछि मोर्चाको गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने तय हुनेछ ।

यसबीचमा मोर्चालाई थप विस्तार गर्ने र उपेन्द्र यादवलाई मोर्चामा सक्रिय गराउने जिम्मा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पाएका छन् । नेताहरूका अनुसार अध्यक्ष नेपालले ‘उपेन्द्र यादवसँग म कुरा गर्छु’ भनेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर