Advertisement
ताजा खबर
मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै

☰

समाजवादी मोर्चा सक्रिय बनाउँदै प्रचण्ड, उपेन्द्रलाई मनाउने जिम्मा माधवलाई

प्रतिक्षा खबर
२०८१ पुष २५, बिहीबार २०:४१

२५ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा सक्रिय बनाउने प्रयास अघि बढाएका छन् । यही प्रयासअन्तर्गत प्रचण्डले बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग संवाद गरे ।

सिंहदरबारमा भएको भेटमा माओवादी केन्द्रका तर्फबाट उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीको तर्फबाट वरिष्ठ उपाध्यक्ष बेदुराम भुसाल सहभागी थिए । समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेन्डाहरूका सम्बन्धमा छलफल भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

समाजवादी मोर्चा लामो समयदेखि निश्कृय छ । ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपाल) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।

पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल समाजवादी मोर्चामा सक्रिय छैन । बिहीबार माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको भेटमा उपेन्द्र यादवलाई मोर्चामा सक्रिय बनाउने विषयमा छलफल भएको थियो ।

नेताहरूका अनुसार अब केही समयभित्रै मोर्चाको बैठक बस्नेछ । त्यसपछि मोर्चाको गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने तय हुनेछ ।

यसबीचमा मोर्चालाई थप विस्तार गर्ने र उपेन्द्र यादवलाई मोर्चामा सक्रिय गराउने जिम्मा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पाएका छन् । नेताहरूका अनुसार अध्यक्ष नेपालले ‘उपेन्द्र यादवसँग म कुरा गर्छु’ भनेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर