Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लोसपामा फेरि थपिए ६ जना केन्द्रीय सदस्य

प्रतिक्षा खबर
२०८१ पुष ४, बिहीबार २०:५७

 लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिमा थप ६ जनालाई मनोनीत गरेको छ । ३४७ सदस्यीय केन्द्रीय समितिमा हिजो विभिन्न जिल्लाका आठ जनालाई मनोनीत गरेर केन्द्रीय समिति ३५५ सदस्यीय बनाइएको थियो ।

सो पार्टीले बिहीबार ६ जना थप गरेर ३६१ सदस्यीय केन्द्रीय समिति बनाएको छ । संविधानमा ४०१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ ।

बिहीबार मनोनीत हुनेहरूमा महोत्तरीका सेवल महरा, ललितपुरका जमुना केसी झा, काठमाडौँका गीता श्रेष्ठ, सर्लाहीका ललिन्द्रकुमार राय र रामहरि तिवारी तथा बाराका फिरोज रहेका छन् ।

हिजो बुधवार मनोनीत हुनेहरूमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रविन्द्र सुनार रहेका छन् ।

त्यसैगरी लोसपा नेपालले विभिन्न भातृ सङ्गठनका लागि संयोजक चयन गरेको छ । लोकतान्त्रिक युवा सङ्घको संयोजकमा सर्लाहीका भिनुकलाल राय, लोकतान्त्रिक महिला सङ्घको संयोजकमा पर्साका मिनु ठाकुर, लोकतान्त्रिक महिला संघ मधेश प्रदेशको संयोजकमा महोत्तरीका गितादेवी दास र लोकतान्त्रिक ट्रेड युनियन सङ्घको संयोजकमा धादिङका केशवराज अधिकारीलाई चयन गरेको छ ।

लोसपा नेपाल महाधिवेशनको तयारीमा जुटेको छ । वैशाख २६ गते हुने भनिएको पार्टीका पहिलो महाधिवेशनका लागि नेता तथा कार्यकर्तामा त्यसमा जुटेका छन् । सङ्गठन विस्तारका साथै सदस्यता वितरणको अभियानलाई तीव्रता दिएको छ ।

सो पार्टीले सदस्यता वितरण अभियानको पनि समय थप गरेको छ । हिजो बसेको सचिवालय बैठकले पार्टीको साधारण सदस्यता वितरण अभियानको समय थप एक महिना बढाएर पुस मसान्तसम्म पुर्‍याएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर