Advertisement
ताजा खबर
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी

उपनिर्वाचनमा मधेश सरकारको नेतृत्वकर्ता जनमत प्रतिस्पर्धामा आउनै सकेन

प्रतिक्षा खबर
२०८१ मंसिर १७, सोमबार २०:४६

१७ मंसिर,  मधेश प्रदेशमा सातवटा वडामा वडाध्यक्ष पदको लागि भएको उपचुनावमा नेपाली कांग्रेस र जसपा नेपालले २-२ सिट जितेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १-१ सिट जितेका छन् ।

तर मधेश सरकारको नेतृत्व गरिरहेको डा. सिके राउत नेतृत्वको जनमत पार्टी शून्य स्थितिमा रह्यो । जनमतका उम्मेदवार एक वडामा तेस्रो नम्बरमा मत ल्याउने बाहेक अन्य वडामा प्रतिस्पर्धामै आउन सकेनन् ।

धनुषाको धनुषाधाम नगरपालिका १ मा माओवादी केन्द्रका सुनिल कापर केवट ६८४ मा विजयी हुँदा सातौं नम्बरमा जनमतका उम्मेदवार कुशेश्वर मण्डल मात्र २५ मतमा सीमित भएका छन् । यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा त जनमतले उम्मेदवार समेत उठाउन सकेन ।

सप्तरीको डाकनेश्वरी नगरपालिका १ मा जसपा नेपालका धिरेन्द्र साह ६५२ मत ल्याएर विजयी हुँदा पाँचौ नम्बरमा जनमतका उम्मेदवार शैलेन्द्र साह तेलीले ७४ मत मात्र पाएका छन् ।

डाकनेश्वरीको वडा नम्बर ४ मा जसपा नेपालकै उम्मेदवार देवेन्द्रप्रसाद यादव ३७२ मतले जित निकाल्दा तेस्रो नम्बरमा जनमतका उम्मेदवार उदयनारायण पंडितले २३१ मत पाए ।

रौतहटको ईशनाथ नगरपालिका ७ मा नेपाली कांग्रेसका शेष अब्दुल खलिक ६२७ मतले निर्वाचित भए । त्यहाँ जनमतका उम्मेदवार शेख जमिरुल हक चौथो नम्बरमा १३५ मतमा सिमित भए ।

यस्तै रौतहटको गढीमाई नगरपालिका ८ मा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव ६५५ मतले निर्वाचित हुँदा जनमतका उम्मेदवार सरेन्द्र राउत कुर्मी छैटौं नम्बरमा रहे । उनले मात्र ८ मत पाए ।

रौतहटकै राजपुर नगरपालिका ६ मा नेपाली कांग्रेसका उम्मेदवार समसे आलम ७४४ मतले विजयी हुँदा चौथो नम्बरमा जनमतका उम्मेदवार कयामुद्दिन धुनिया मात्र ४५ मतमा सीमित भएका छन् ।

मधेश प्रदेशसभामा जनमत १३ सांसदसहितको चौथो ठूलो दल हो । प्रतिनिधिसभामा उसको ६ सिट छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर