Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लकडाउनकाे पालन गराउन प्रदेश २मा नेपालि सेना परिचालन

प्रतिक्षा खबर
२०७६ चैत्र ११, मंगलवार १७:१६

लकडाउन’को पूर्णरुपमा पालना गराउन प्रदेश २ को आठवटै जिल्लामा नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न नेपाल सरकारले मंगलबारदेखि एक सताको लागि गरेको ‘लकडाउन’ पालना गराउन प्रदेश २ मा तीन वटै सुरक्षा निकाय परिचालन गरिएको हो।
प्रदेश २ का जिल्लाहरुमा लकडाउनको उलंघन हुन थालेपछि जिल्ला भरिका सबै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको हो। त्यस्तै लकडाउनमा गुप्तचर निकायलाई पनि परिचालन गरिएको छ।
तीनवटै सुरक्षा निकायले समन्वय गरी ‘लक डाउन’ पूर्ण पालना गराउन थालेको हो। धनुषा जिल्ला भरि ७–७ सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।
यस्तै सिरहामा ८ सय नेपाल प्रहरी, तीन सय सशस्त्र प्रहरी, झण्डै २ सयको संख्यामा नेपाली सेना र अनुसन्धान प्रहरी परिचालन भएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रवक्ता एवं प्रशासकीय अधिकृत कमल आचार्यले जानकारी दिए। उनका अनुसार सिरहाको लहान, मिर्चैया, चोहर्वा, गोल बजार, बन्दीपुर लगायतको ठाउँहरुमा नेपाली सेनाको टोली परिचालन भएको छ।
‘पूर्व पश्चिम राजमार्गमा सवारीसाधनसहित लकडाउनको अवज्ञा हुने गरेकोले जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार राजमार्गमा नेपाली सेनाको टोलीले गस्ती गरिहेका छन्’ उनले भने।
यस्तै सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामामा पनि तीन वटै सुरक्षा निकायले आपसी समन्वय गरी लकडाउनलाई पालना गराउने काममा सक्रिय छन्।
आठवटै जिल्लामा ३५ सयको संख्यामा सशस्त्र प्रहरी परिचालन भएको सशस्त्र प्रहरी प्रमुख प्रदेश २ का डीआईजी राजु अर्यालले बताए।
‘हामी तीनै सुरक्षा निकाय आपसी समन्वयमा लकडाउन पालना गराउन खटिएका छौं’ डीआईजी अर्यालले भने, ‘जिल्ला –जिल्लामा जिल्ला सुरक्षा समितिको बैठक अनुसार चारै निकाय परिचालन भएको छ।’
प्रदेश २ को ८ वटै जिल्लामा ८ हजार भन्दा बढीको संख्यामा नेपाल प्रहरी परिचालन भएको छ। ‘प्रदेश भरिमा ८ हजारभन्दा बढी संख्यामा नेपाल प्रहरी लकडाउन पालना गराउन परिचालन भएको छ। प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रवक्ता जयराज सापकोटाले भने, ‘तीनै सुरक्षा निकाय आपसी समन्वय र प्रत्येक जिल्लामा सुरक्षा समितिको बैठक अनुसार खटिएका छन्।’
सरकारले आवश्यकतानुसार सेना पनि खटिने निर्णय गरेपछि प्रदेश २ मा सेना पनि सडकमा ओलिएको हो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर