Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

इजरायली सेनाले ध्वस्त पार्‍यो हिजबुल्लाहको २५० मिटर लामो सुरुङ

प्रतिक्षा खबर
२०८१ आश्विन २०, आईतवार २१:२२

बेरुत । हिजबुल्लाहविरुद्ध इजरायलको आक्रमण जारी छ । यसैबिच इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी सीमा नजिक रहेको हिजबुल्लाहको २५० मिटर लामो सुरुङ नष्ट गरिदिएको छ । यो सुरुङको उद्देश्य अक्टोबर ७ को जस्तै हमला गर्नु भएको आईडीएफको भनाई छ ।

गएको हप्ताको अन्त्यमा एक निर्णायक अभियान अन्तर्गत आईडीएफले इजरायलको उत्तरी सीमा नजिक हिजबुल्लाहले बनाएको २५० मिटर लामो सुरुङ खोजेर नष्ट गरिदिएको थियो ।

यो सुरुङ व्यापक स्तरमा सहजै हमला गर्ने उद्देश्यले बनाइएको भनिएको छ । सुरुङ अक्टोबर ७ को जस्तै हमला गर्न बनाइएको तर यस्तो गल्ती नगर्न इजरायली प्रवक्ताले भनेका छन् । जसले पनि इजरायली नागरिकलाई क्षति पुर्‍याइरहेका छन्, उनीहरूले भारी मूल्य चुकाउनु पर्ने चेतावनी ती प्रवक्ताले दिएका थिए ।

उता, इजरायली वायुसेनाले पनि आफूले लेबनानबाट भएको हमलालाई रोकिदिएको दाबी गरेको छ । वायुसेनालाई हमलाको अलर्ट प्राप्त भएको थियो । अलर्ट पाए लगत्तै सेना सक्रिय बनेको थियो । हमला इजरायली क्षेत्रसम्म नपुगेकोले कुनै हताहत नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर