Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

३ महिनामा नीतिगत सुधारमा काम गरेकाे छु ,मन्त्री भण्डारी

प्रतिक्षा खबर
२०८१ कार्तिक ९, शुक्रबार २०:४४

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आफ्नो तीन महिनाको कार्यकालमा नीतिगत सुधारमा काम गरेको बताएका छन् । आफ्नो तीन महिने कार्यकालबारे जानकारी आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले आफ्नो पहिलो प्राथमिकता नीतिगत सुधार रहेको बताए ।

रोजगारको क्षेत्रमा धेरै समस्या रहेको बताउँदै ती समस्या समाधानका लागि मन्त्रालयले नीतिगत सुधारमार्फत अघि बढ्न खोजिरहेको बताए ।

वैदेशिक रोजगार, तथा श्रम ऐनका विषयमा संशोधनको प्रक्रिया अगाडि बढिरहेको बताए । स्वदेशमै रोजगारीका सम्भावनाहरूको खोजिरहेको बताउँदै त्यसका लागि सबै सरोकारवालासँग समन्वय भइरहेको बताए । प्रत्येक पालिकालाई जब हबको रूपमा विकास गर्न खोजिरहेको उनको भनाइ छ ।

यसका लागि बढीभन्दा बढी टेक्नोलोजीको प्रयोग गर्न खोजिरहेको उनको भनाइ छ । मन्त्रालयले सबै सिस्टमहरूलाई एकीकृत गर्नका लागि नेमिसको परिकल्पना गरिरहेको बताए ।

मन्त्री भण्डारीले १०० दिनमा गरेका कार्यहरू:

२०८१ असार ३१ गतेदेखि दोस्रो कार्यकालको लागि मन्त्री नियुक्त भएका भण्डारीले कात्तिक ६ गतेसम्मको कार्य प्रगति सार्वजनिक गरेका हुन् ।

उक्त अवधिमा वैदेशिक रोजगारीमा संलग्न श्रमिकको मृत्यु भएमा उपलब्धि हुने क्षतिपूर्ति ७ लाखबाट बढाएर १० लाख पुर्‍याएको जनाएका छन् ।

त्यस्तै आन्तरिक रोजगार महाशाखा स्थापना तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचनाको प्रक्रिया समेत अगाडि बढाएको बताए । सबै स्थानीय तहबाट एकीकृत श्रम तथा रोजगार सेवा र सूचना प्रविधि विस्तार गरिएको तथा सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको छोराछोरीलाई समेत बीमाको व्यवस्था गरिएको उनको भनाइ छ ।

विज्ञ समितिबाट श्रम आप्रवासन नीतिको अन्तिम मस्यौदा प्राप्ति र विभिन्न सरोकारवाला संस्था तथा नागरिकबाट प्राप्त सुझावको अध्ययन भइरहेको समेत बताए । त्यस्तै आन्तरिक रोजगार प्रवर्द्धन दशक सञ्चालनको तयारी समेत भइरहेको उनको भनाइ छ ।

श्रमिकको स्वास्थ्य परीक्षण तथा प्रभावकारी सेवा प्रवाहमा सुधारका सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरेर प्रतिवेदन प्राप्तिको चरणमा रहेको समेत बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर