Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

बाढी-पहिरो कहर : कृषि क्षेत्रमा ६ अर्ब बढी क्षति

प्रतिक्षा खबर
२०८१ आश्विन १५, मंगलवार १९:१५

१५ असोज, काठमाडौं । शुक्रबार र शनिबार आएको भीषण वर्षाले मुलुकको कृषि क्षेत्रमा करिब ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको विवरण अनुसार बाली, पशुपन्छी धन, माछा लगायतमा ६ अर्ब बढीको क्षति देखिएको हो ।

‘अहिले हामीले प्रारम्भिक तथ्यांक संकलन गरेका छौं । यो अन्तिम तथ्यांक होइन, अहिले धेरै ठाउँबाट विवरण संकलन हुँदैछ,’ कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले भने, ‘पूर्ण विवरण आउन समय लाग्छ ।

प्रारम्भिक विवरण अनुसार सबैभन्दा धेरै धान खेती नष्ट भएको छ । बाढीले ५८ हजार ४ सय ७६ हेक्टर धानबाली नष्ट भएको छ । बाढीपहिरोले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा गरी ३ अर्ब ५० करोड रुपैयाँ बराबर क्षति भएको हो ।

यस्तै ७० करोड बराबर १३ हजार हेक्टर अलैंची खेती नष्ट भएको छ । अलैंची खेती सबैभन्दा धेरै खोटाङमा नष्ट भएको हो । मधेश प्रदेशको पर्सा लगायत जिल्लामा ८५ हेक्टर क्षेत्रफलको ३४ करोड रुपैयाँ बराबर उखु खेती नष्ट भएको छ ।

फलफूल बगैंचातर्फ २२ हेक्टर नष्ट भएको प्रारम्भिक विवरण कृषि मन्त्रालयले तयार पारेको छ । कास्की, नवलपरासी पूर्व, कञ्चनपुर र रौतहटमा धेरै बगैंचा नष्ट भएको हो ।

मन्त्रालयका अनुसार ४ हजार ७ सय ४३ हेक्टर तरकारी बाली नष्ट भएको छ । खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सामा तरकारी बाली धेरै नष्ट भएको हो ।

माछा, पशुजन्यमा पनि डरलाग्दो क्षति

मन्त्रालयका अनुसार कृषि बालीमा मात्र नभई माछापोखरी र पशुपन्छीको पनि ठूलो क्षति भएको छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा लगायत जिल्लाका ४ सय ५८ हेक्टर माछापोखरीमा क्षति पुगेको छ । माछामा मात्रै १ अर्ब १३ करोड रुपैयाँ बराबर क्षति भएको छ ।

यस्तै पाँचथर, धनकुटा, तेह्रथुम लगायतका २४ पशुगोठमा क्षति पुगेको मन्त्रालयको प्रारम्भिक तथ्यांक छ । यस्तै २६ हजार २ सय ५ पशुपन्छीको बाढीका कारण ज्यान गएको मन्त्रालयको अनुमान छ । पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, ललितपुर, मधेस प्रदेशका सबै जिल्लामा गरी पशुधनको क्षति भएको हो । यस्तै दुई वटा कोल्डस्टोरमा क्षति पुगेको छ भने १६ करोड बराबरको कृषि सम्बन्धी भौतिक तथा अन्य संरचनामा क्षति पुगेको छ ।

राहत वितरण एकद्वारा प्रणालीमा

मन्त्रालयले राहत वितरण गर्न एकद्वार प्रणाली अपनाउने भएको छ । मन्त्रालयका अनुसार सम्बन्धित पालिका र जिल्ला विपद् व्यवस्थापन समिति समन्वयमा वितरण गर्न अनुरोध गरिएको छ ।

‘राहत वितरण तयारी अवस्थामा छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्देशन प्राप्त हुने बित्तिकै राहत वितरण हुन्छ । यसका लागि तत्काल समन्वय हुनुपर्ने सुझाव प्राप्त भएको छ,’ कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर