Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

एकैदिनमा फेरियो माओवादीको बोली

प्रतिक्षा खबर
२०७९ मंसिर १८, आईतवार २१:२०

१८ मंसिर, काठमाडौंं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले शनिबार पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सरकार निर्माणका लागि सबै विकल्प खुला भएको सुनाए ।
सबै विकल्प खुल्ला भन्नुको अर्थ नेकपा एमालेसँग पनि मिल्न सकिने हो भन्ने संवाददाताहरुको प्रश्नमा उनले त्यसमा ठोस जवाफ दिएनन्, तर अस्वीकार पनि गरेनन् ।
महराको उक्त अभिव्यक्तिको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले शनिबार नै खण्डन गरयो । ‘हाम्रो पार्टीको आज बसेको पदाधिकारी बैठकले निर्वाचनको समीक्षा प्रारम्भ गर्नुका साथै गठबन्धनको पक्षमा दृढतापूर्वक उभिएर अगाडि बढ्ने निर्णय गरेको छ,’ स्वकीय सचिव रमेश मल्लले यसबारे प्रष्ट्याएका थिए ।
माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार महराले भनेजस्तै सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने विषयमा पनि शनिबारको बैठकमा छलफल भएको थियो । ‘महराजीले भने जसरी बैठकमा कुरा उठेको पनि हो’, ती पदाधिकारीले भने, ‘कुरा उठ्नु र निर्णय हुनु फरक कुरा हो । उहाँले नबोल्ने भनेको कुरा बोल्नुभयो ।
पदाधिकारी बैठक आइतबार पनि बस्यो, तर महरा उपस्थित भएनन् । आइतबारको बैठकमा निर्णय नभएको कुरा बोलेको भन्दै धेरै पदाधिकारीले महराको आलोचना गरे । बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिएका महासचिव देव गुरुङले महराको भनाइ सच्याए । ‘अहिले गठबन्धनको विकल्पका बारेमा छलफल भएको छैन, गठबन्धन यथावत भएकाले त्यहीँबाट (सरकार निर्माणको) प्रयास हुने कुरा स्वाभाविक भइहाल्यो’ उनले भने ।
महराले शनिबार दिएको अभिव्यक्तिबारे पनि पत्रकारहरुले गुरुङसँग जिज्ञासा राखेका थिए । ‘हिजो कुन प्रसँग, सन्दर्भमा कुरा प्रकट भए’, गुरुङले भने, ‘तर, सरकार गठनका लागि गठबन्धनको विकल्पका बारेमा केही कुरा भएकै छैन ।’ महरा बैठकमा नभएकाले प्रचण्डले यसबारे भने खासै चर्चा नगरेको अर्का पदाधिकारीले बताए ।
शनिबार बोल्न बाँकी पदाधिकारीले आजको बैठकमा आफ्नो भनाइ राखेका थिए । एक पदाधिकारीका अनुसार अधिकांशले चुनवमा गठबन्धनबाट अपेक्षित सहयोग नपाएको धारणा राखे । गठबन्धनमा धेरै भर पर्नु गल्ती भएको समेत उनको भनाइ थियो ।
कतिपय नेताले नयाँ मतदातासँग छलफल गरेर उनीहरुको मुद्दा नउठाउनु पनि कमजोरी रहेको बताए । बैठकमा प्रचण्डले पदाधिकारीहरुले राखेको बिषयमा आधारित गरेर चाँडै औपचारिक बैठक राख्ने बताएका थिए । ‘पदाधिकारीहरूले बोल्नुभएको विषयलाई आधारित गरेर अध्यक्षले चाँडै औपचारिक बैठक गरी लिखित प्रस्ताव पेश गर्ने निर्णय सुनाउनुभयो, उपमहासचिव गिरिराजमणि पोखरेलले भने ।
प्रचण्डले पाँच दलीय गठबन्धनको पक्षमा उभिने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।
महासचिव गुरुङले भने चुनावको प्रारम्भिक समीक्षा गरेको माओवादीले सत्तारुढ गठबन्धन केही कमी कमजोरीका बाबजुद मूलभूत रुपमा सफल भएको प्रारम्भिक निश्कर्ष निकालेको बताए । ‘निर्वाचनबाट कतिपय सन्दर्भमा अपेक्षाकृत परिणाम नआए पनि मूलभूत रुपमा सफल र परिणाममुखी भएको छ’ उनले भने, ‘निर्वाचनमा थोरै तलमाथि त हुन सक्छ । यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ ।सभार अनलाईन डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर