Advertisement
ताजा खबर

भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न राप्रपाको सुझाव

प्रतिक्षा खबर
२०८१ आश्विन १३, आईतवार १७:३७

 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न सुझाव दिएको बताएको छ । आइतबार बसेको सर्वदलीय बैठकमा राप्रपाले विपद्को समयमा भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न सुझाव दिएको हो ।

बैठकपछि बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र)शाहीले बैठकमा पार्टीले आठ बुँदे सुझाव दिएको जानकारी दिए ।

‘विपद्को समयमा हवाई भाडादरमा कालोबजारी गर्ने मनलाग्दी लुट्नेलाई कारबाही गर भनेर हामीले सुझाव दिएका छौँ‚’ उनले भने ।

साथै उनले रात्रिकालीन बस सञ्चालन नगर्ने निर्णय गरेपनी झ्याप्ले खोलामा मानिसहरूको ज्यान जाने गरी सवारी चलाइएको विषयमा पनि प्रश्न उठाइएको बताए ।

‘सरकारले दुई दिन अगाडि रात्रिकालीन बस नचलाउने निर्णय गरेको थियो । सरकारको काम निर्णय कार्यान्वयन गराउने हो नि‚’ उनले भने‚ ‘झ्याप्ले खोलामा मानिसहरूले ज्यान गुमाए । सरकारको निर्णय अटेर गर्ने सम्बन्धित निकायलाई कारबाही हुनुपर्छ ।

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर