Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

युनुस-बाइडेन भेटवार्ता : युनुस सरकारलाई अमेरिकाको पूर्ण समर्थन

प्रतिक्षा खबर
२०८१ आश्विन ९, बुधबार ०८:१७

। अमेरिकी राष्ट्रपति जो बाइडेनसँग बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुसले भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा अमेरिकाको न्यूयोर्क पुगेका बंगलादेशको अन्तरिम सरकारका प्रमुख युनुसले राष्ट्रपति बाइडेनसँग भेट गरेका हुन् । भेटमा बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे राष्ट्रपति बाइडेनले चासो राखेका थिए ।

भेटमा युनुसले विगतको सरकारको अत्याचारविरुद्ध विद्यार्थीहरू जागरुक भएको र बंगलादेश पुनर्निर्माणको अवसर सिर्जना भएको बताएका थिए ।

भेटपछि जारी प्रेस नोटमा उल्लेख भएअनुसार युनुसले आफ्नो सरकार देशको पुनर्निर्माणमा सफल हुनैपर्ने अवस्था रहेको र त्यसका लागि अमेरिकाको सहयोग आवश्यक रहेको आग्रह गरेका थिए । भेटमा राष्ट्रपति बाइडेनले बंगलादेशको अन्तरिम सरकारलाई आफ्नो पूर्ण समर्थन रहने आश्वासन दिएका थिए ।

बंगलादेशमा आरक्षण कोटाका विषयमा भएको विद्यार्थी आन्दोलनपछि गत साउनमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छोडेकी थिइन् । आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्वमा आएका युनुसले पहिलो पटक अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर