Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

युनुस-बाइडेन भेटवार्ता : युनुस सरकारलाई अमेरिकाको पूर्ण समर्थन

प्रतिक्षा खबर
२०८१ आश्विन ९, बुधबार ०८:१७

। अमेरिकी राष्ट्रपति जो बाइडेनसँग बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुसले भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा अमेरिकाको न्यूयोर्क पुगेका बंगलादेशको अन्तरिम सरकारका प्रमुख युनुसले राष्ट्रपति बाइडेनसँग भेट गरेका हुन् । भेटमा बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे राष्ट्रपति बाइडेनले चासो राखेका थिए ।

भेटमा युनुसले विगतको सरकारको अत्याचारविरुद्ध विद्यार्थीहरू जागरुक भएको र बंगलादेश पुनर्निर्माणको अवसर सिर्जना भएको बताएका थिए ।

भेटपछि जारी प्रेस नोटमा उल्लेख भएअनुसार युनुसले आफ्नो सरकार देशको पुनर्निर्माणमा सफल हुनैपर्ने अवस्था रहेको र त्यसका लागि अमेरिकाको सहयोग आवश्यक रहेको आग्रह गरेका थिए । भेटमा राष्ट्रपति बाइडेनले बंगलादेशको अन्तरिम सरकारलाई आफ्नो पूर्ण समर्थन रहने आश्वासन दिएका थिए ।

बंगलादेशमा आरक्षण कोटाका विषयमा भएको विद्यार्थी आन्दोलनपछि गत साउनमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छोडेकी थिइन् । आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्वमा आएका युनुसले पहिलो पटक अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर