Advertisement
ताजा खबर
लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो २४ घण्टे पुनः स्पष्टीकरण मधेसवादी दललाई सरकार बाहिर राख्न कांग्रेस, एमाले र नेकपा एकमत सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप दूधको मूल्य नपाएर सडक आन्दोलनमा उत्रिन बाध्य किसानहरूको पक्षमा सर्वोच्चकाे ऐतिहासिक फैसला साेनमा गाउँपालिकाबाट अशाेक कुमार यादव बने ‘स्टार वडाध्यक्ष’  रवि लामिछानेको चीन भ्रमण स्थगित तीन वर्षीया बालिका घर नजिकै मृत फेला अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समिति गठन, आठ जिल्लाको जिम्मेवारी बाँडफाँट मन्दिरमा चोरी गर्दागर्दै रहमान मियाँ पक्राउ
लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो २४ घण्टे पुनः स्पष्टीकरण मधेसवादी दललाई सरकार बाहिर राख्न कांग्रेस, एमाले र नेकपा एकमत सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप दूधको मूल्य नपाएर सडक आन्दोलनमा उत्रिन बाध्य किसानहरूको पक्षमा सर्वोच्चकाे ऐतिहासिक फैसला साेनमा गाउँपालिकाबाट अशाेक कुमार यादव बने ‘स्टार वडाध्यक्ष’  रवि लामिछानेको चीन भ्रमण स्थगित तीन वर्षीया बालिका घर नजिकै मृत फेला अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समिति गठन, आठ जिल्लाको जिम्मेवारी बाँडफाँट मन्दिरमा चोरी गर्दागर्दै रहमान मियाँ पक्राउ

नाउपामा मिलन : रेशमको नेतृत्व, रञ्जिताको हस्ताक्षर

प्रतिक्षा खबर
२०८१ आश्विन ८, मंगलवार १७:५६

८ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अन्तरिक विवाद मिलेको छ । यससँगै महाधिवेशनबाट निर्वाचित र पुरानो केन्द्रीय समितिको संयुक्त बैठक असोज १८ र १९ गते बोलाइएको छ ।

संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेशमलाल चौधरीबीच विवाद चर्किएपछि लामो समयदेखि बैठक नै बस्न सकेको थिएन । रेशम र रञ्जिता श्रीमान् श्रीमती हुन् ।

नेताहरुका अनुसार सोमबार ७ असोजमा दुवै जनाबीच सहमति भयो । लगत्तै संयुक्त बैठक बोलाइएको सूचनामा ‘…आपसी मतभेदलाई मत्थर पारी हामी एक भएका हौं र एक रहने छौं’, भन्ने सन्देश सहित रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरेका छन् ।

महासचिव गंगाराम चौधरी भन्छन्, ‘मिल्नुबाहेक विकल्प थिएन । उहाँहरु मिल्दा कार्यकर्ता खुसी भएका छन् । अब संगठनको काममा लाग्छौं ।’

दुवैको नेतृत्व, रञ्जिताको हस्ताक्षर

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेशमले आफ्नी श्रीमतीको नाममा पार्टी दर्ता गराएका थिए । नाउपाले २०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा थारू बहुल क्षेत्रमा राम्रै मत ल्यायो ।

सुदूरपश्चिम प्रदेशमा ७ सांसद र लुम्बिनीमा ३ सांसद छन् । केन्द्रमा पनि अध्यक्ष रञ्जितासहित चार प्रतिनिधिसभा सदस्य छन् । चुनावलगत्तै बनेको प्रचण्ड नेतृत्वको सरकारमा रञ्जिता मन्त्री समेत भइन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले बाँकी कैद मिनाहा गरेपछि रेशम जेलबाट छुटे । २०८० पुसमा जब पार्टीको पहिलो महाधिवेशन भयो, तब रेशम र रञ्जिताको मनमुटाव सुरु भयो । रञ्जितालाई हटाएर रेशम अध्यक्ष सर्वसम्मत चुनिए । त्यसमा रञ्जिताको असन्तुष्टि थियो । फागुनमा पुग्दा त्यसले विवादको रुप लियो ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गर्दा रञ्जिता र रेशम फरक फरक कित्तामा उभिए ।

रञ्जिता प्रचण्ड सरकारको पक्षमा र रेशम कांग्रेसतिर लागे । श्रीमान् श्रीमतीको झगडा यति चर्कियो कि सुदूरपश्चिममा सांसदलाई पदमुक्त गर्ने, संसदीय दलको नेता हटाउने र राख्नेजस्ता घटना भए । सुदूरपश्चिममा सरकार गठनमा निर्णायक बनेको नाउपाले मुख्यमन्त्री समेत पाएको थियो, तर रेशम र रञ्जिताको झगडाले त्यो पनि गुम्यो ।

विवादले पार्टीको बैठक समेत बस्न सकेन । पार्टी कार्यालयमा भएको एउटा छलफलमा त नउपाका केन्द्रीय सदस्य रमेश विकले (जो रञ्जिता निकट मानिन्थे) त रेशममाथि आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाए ।

श्रीमान् श्रीमतीको झगडाले पार्टीलाई नराम्रो असर गरिसकेको थियो । बैठक बस्न सकेको थिएन । संगठन विस्तार ठप्पजस्तै भयो । कतिपय नेता कार्यकर्ताले पार्टी समेत छाडे । अरु पनि धरमरमा देखिन्थे ।

तर सोमबार रेशम र रञ्जिताबीच सहमति जुटेको छ । नेता दामोदर पण्डितका अनुसार दुवै मिलेर पार्टीलाई अगाडि बढाउने सहमति जुटेको हो । ‘रेशमजीले जेलमा हुँदा पार्टी जन्माउनुभयो, रञ्जिताजीले काखमा लिएर हुर्काउनुभयो’, पण्डित भन्छन्, ‘अब पनि त्यसरी नै एक भएर पार्टीलाई अगाडि लैजाने सहमति भएको छ ।’

नेताहरुका अनुसार निर्वाचन आयोगले रेशमलाई अध्यक्ष चुन्ने महाधिवेशनको निर्णयलाई वैधता नदिएकाले कानुनी रुपमा नाउपाको अध्यक्षमा रञ्जिता नै रहनेछिन् । अध्यक्षका रुपमा उनले नै हस्ताक्षर गर्नेछन् ।

तर पार्टी गतिविधिमा भने रेशम अध्यक्ष रहनेछन्, रञ्जिता पनि साथमा हुनेछिन् । ‘निर्वाचन आयोगले पो अस्वीकार गर्‍यो, हामीले त महाधिवेशनको म्याण्डेटलाई अस्वीकार गरेका छैनौं’ नाउपाका नेता पण्डितले अनलाइनखबरसँग भने, ‘त्यसैले वैधानिक रुपमा रञ्जिताजीको हस्ताक्षर चल्छ । पार्टीलाई आवश्यक दिशानिर्देश, परिचालन र संगठन परिचालनको भूमिकामा भने उहाँहरु दुवै जना मिलेर गर्नुहुन्छ ।’

आन्तरिक विवादले पार्टीमा थोरै सुस्तता आएको भए पनि नयाँ सहमतिसँगै ऊर्जा फर्किएको नेताहरुको दाबी छ । महासचिव चौधरी भन्छन्, ‘केन्द्रीय समितिको यो बैठकमा संगठन विस्तार, उपचुुनाव लगायत विषयमा छलफल गर्छौं ।’

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर