Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

राजावादीको पत्रकार सम्मेलनअघि दुर्गा प्रसाईंले भेटे ज्ञानेन्द्र शाह

प्रतिक्षा खबर
२०८१ चैत्र १४, बिहीबार २०:१७

काठमाडौँ । मेडिकल व्यवसायी तथा व्यवस्था विरोधी समूहलाई साथ दिँदै आएका दुर्गा प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् ।

उनले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को पत्रकार सम्मेलनअघि निर्मल निवासमा पुगेर पूर्वराजालाई भेटेका हुन् ।

भेटका क्रममा के कुरा भयो भन्नेबारे खुलेको छैन । यद्यपि राजावादीको आन्दोलनकै विषयमा कुराकानी भएको ठानिएको छ ।

सो भेटपछि प्रसाई नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले राजधानीमै आयोजना पत्रकार सम्मेलनमा पुगेका थिए ।

पत्रकार सम्मेलनमा उनलाई समितिको ‘जनकमाण्डर’को जिम्मा दिइएको जानकारी गराइयो ।

यस्तै समितिलाई सुझाव तथा सल्लाह प्रदान गर्नका लागि नेपाल डा जगमान गुरुङको संयोजकत्ववमा सल्लाहकार समिति गठन भएको जानकारी दिइयो भने राप्रपाका सांसद डा धवल शमशेर राणा संयोजक रहको ‘आन्दोलन परिचालन समिति’मा देशभरीबाट १,१११ सदस्य चयन गरेको जानकारी दिइयो । उक्त समिति अझै विस्तार गर्न सकिने सुवेदीले बताए ।

आन्दोलन परिचालन समिति अन्तर्गत एउटा उच्चस्तरीय कार्यदल पनि रहने सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर