Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

अनुसन्धान प्रभावित हुने कुनै पनि अभिव्यक्ति दुर्भाग्यपूर्ण ,मन्त्री साह

प्रतिक्षा खबर
२०७८ कार्तिक २९, सोमबार २०:०८

जनकपुरधाम, २९ कात्तिक ।
प्रदेश २ सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले साइकल वितरणसम्बन्धी प्रसंगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक निष्कर्ष भन्दै पूर्वधारणा र दुराग्रह अभिव्यक्त हुनेगरी मातहतका तर अनाधिकृत निकायबाट आएको अभिव्यक्ति गलत, अपरिपक्व र भ्रामक रहेको बताएका छन् ।
प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत भएको साइकल खरिदमा प्रारम्भिक चरणको अनुसन्धानबाट भ्रष्टाचार भएको देखिएको आयोगका बर्दिवास प्रमुख कृष्णप्रसाद सापकोटाले दिएको अभिव्यक्तिलाई लिएर सरकारका प्रवक्ता साहले सो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘संवैधानिक निकायमा कार्यरत कर्मचारीबाट यस्तो पूर्वाग्रहप्रेरित अभिव्यक्तिको अपेक्षा गर्न सकिन्न । यदि समाचारहरूमा आएझैं अख्तियारका बर्दिवास प्रमुखले त्यस्तो भन्नुभएको हो भने त्यो अभिव्यक्ति अनुसन्धानको सिद्धान्त र कानुनविपरीत छ ।’
मन्त्री साहले कुनै पनि विषयमा आयोगले अनुसन्धान गर्ने विधि तथा अभियोजन गर्ने प्रक्रिया ऐनकानुनबाट निर्देशित रहेको भन्दै अभियोजनपछि विशेष अदालतले मात्र भन्न सक्ने कुरा अख्तियारका एउटा एकाइ प्रमुखबाट आउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरे ।
उनले भने, ‘साइकल खरिदसम्बन्धी विषयमा कसैसँग सोधपुछ वा बयानसम्म नभइसकेको अवस्थामा आयोगका बर्दिवास प्रमुखको भ्रष्टाचार भएको प्र्रारम्भिक निष्कर्षसम्बन्धी धारणाले सम्मानित अदालतको अधिकारक्षेत्र प्रभावित गरेको छ । सरककारको छवि धमिल्याउन आएको त्यो अभिव्यक्ति खेदजन्य छ ।’
अनुसन्धानपछि अभियोजन गर्ने वा नगर्ने अधिकार आयोग अर्थात् प्रमुख आयुक्तसहित आयुक्तहरूको हुने हुँदा बर्दिवास प्रमुखका कथित भनाइ आपत्तिजनक र आफ्नै संस्थाको मान्यताविरुद्धमा रहेको प्र्रदेश सरकारको ठहर रहेको प्रवक्ता साहको कथन छ ।
मन्त्री साहले अख्तियारले अभियोजन गर्ने मुद्दाममा प्रारम्भिक भ्रष्टाचार भएको देखिएमा विशेष अदालतले थुनामा पठाउने वा धरौटी लिई छाड्ने र त्यस्तो नदेखिए साधारण तारेखमा छाड्ने कानुनी व्यवस्था स्मरण गर्न समेत आग्रह गरे ।
कार्यअधिकार नाघेर आयोगका बर्दिवास प्रमुखको अभिव्यक्तिबारे जानकारी प्राप्त गरी त्यस विषयममा आवश्यक सचेतताका लागि मातहतका कार्यालयलाई निर्देशन दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराइने प्र्रवक्ता साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर