Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

ईसेवाको अफलाइन ट्रान्सफर सेवा दुरुपयोग गरेर ठग्नेहरू सक्रिय

प्रतिक्षा खबर
२०८१ भाद्र ६, बिहीबार २१:००

काठमाडौँ । डिजिटल वालेट (ईसेवा) ले रकम ट्रान्सफर सहज बनाउन सुरु गरेको ‘अफलाइन ट्रान्सफर सेवा’ दुरुपयोग गरेर आपराधिक मनोवृत्ति भएकाहरूले ठग्न थालेका छन् । तपाइँलाई अपरिचित मानिसले फोन गरेर नामै किटेर भन्छन्, ‘तपाइँको म्यासेज बक्समा एउटा कोड आएका छ, मलाई पठाउनुस् नँ ।

त्यतिन्जेल सम्म स्क्यामरले पीडितकै नम्बरबाट ईसेवा वालेटमा ‘अफलाइन ट्रान्सफर सेवा’ मार्फत रकम ट्रान्सफर गर्न रिक्वेस्ट पठाइसकेका हुन्छन् । पीडितकै नम्बर प्रयोग गरेर उनीहरूले रिक्वेस्ट पठाउने हुनाले डिजिटल वालेट कम्पनीले अविश्वास गर्न सक्ने अवस्था नहुने साइबर ब्युरोका प्रवक्ता (एसपी) दीपकराज अवस्थीले रातोपाटीलाई बताए ।

ईसेवाको ‘एसएमएस मोड’ मा गरेको रिक्वेस्ट अनुसार जेनेरेट भएको कोड नम्बर दिँदा ई–सेवा प्रयोगकर्ताको खातामा भएको रकम गिरोहले तत्काल ट्रान्सफर गर्न सक्छन् । आरोपीहरूले ई–सेवा प्रयोगकर्ताहरूको नम्बर ट्रु कलरबाट पत्ता लगाउने गरेको एसपी अवस्थीले बताए । उनी भन्छन्, ‘नम्बर पाएपछि ट्रुकलरबाट नाम पत्ता लगाएर उनीहरुले नामै लिएर कल गर्ने गरेका हुन् ।

फोन गर्दासम्म स्क्यामरले इसेवा प्रयोगकर्ताको खातामा भएको रकमको विवरण पत्ता लगाइसक्छन् । इन्टरनेट प्रयोग नगरीकन त्यस्तो सेवा लिन सकिने सुविधाको दुरुपयोग गरेर उनीहरुले ठग्ने गरेको एसपी अवस्थीले जानकारी दिए । उनले भने– ‘ब्यालेन्स ट्रान्सफर गर्ने सो सुविधा अन्तर्गत ३२१२१ नम्बरको दुरुपयोग गरेर स्क्यामरले ठग्ने गरेका हुन् ।’

साइबर ब्युरोमा आउने यस्ता घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हालसम्म आएका निवेदनमाथि अनुसन्धान गरेर मुद्दा दायर गरिएको एसपी अवस्थीले जानकारी दिए । उनले भने, ‘ठग्नेहरूले ईसेवाबाट बोलेको भनेर पनि फोन गर्ने गरेका छन् ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर