• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

अमेरिकालाई हराउँदै भारत सुपर-८ मा


अमेरिकालाई हराउँदै भारत सुपर-८ मा

३० जेठ, अमेरिका । भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा घरेलु टोली अमेरिकालाई ७ विकेटले हराउँदै सुपर-८ मा स्थान बनाएको छ । लगातार तेस्रो जितले भारत समूह ए बाट एक खेल अगावै सुपर ८ मा पुगेको हो ।
१११ रनको लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सूर्यकुमार यादव ४९ बलमा २ चौका र २ छक्कासहित ५० तथा शिबम दुबे ३५ बलमा १ चौका र १ छक्कासहित ३१ रनमा नट आउट रहे । चौथो विकेटलाई दुबे र सूर्यले ६५ बलमा ६७ रनको साझेदारी गरेका थिए ।
ओपनर विराट कोहली शून्य र कप्तान रोहित शर्मा ३ रनमा आउट भए । ऋषभ पन्त २० बलमा १ चौका र १ छक्कासहित १८ रनमा अली खानको बलमा बोल्ड आउट भए । अमेरिकाका सौरभ नेत्रवालकरले २ र अली खानले १ विकेट लिए ।
त्यसअघि न्यूयोर्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो । अमेरिकाका नितेश कुमारले २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए । ओपनर स्टिभ टेलरले ३० बलमा २ छक्कासहित २४, आरोन जोन्स ११, कोरी एन्डरसन १५, हरमीत सिंह १० र शाड्ली भान शाक्लीले ११ रन बनाए ।
भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । हार्दिक पान्ड्याले २ र अक्षर पटेलले १ विकेट लिए । समूह डी बाट दक्षिण अफ्रिका र समूह बी बाट अष्ट्रेलिया पनि लगातार तेस्रो जितका साथ सुपर ८ मा स्थान बनाई सकेका छन् ।
समूह ए मा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिकाले १४ जुनमा आयरल्यान्डसँग खेल्नेछ । उक्त खेलमा अमेरिका विजयी भएमा वा वर्षाको कारण रद्द भएमा पनि सुपर-८ मा पुग्नेछ । यदि अमेरिका पराजित भएमा पाकिस्तानको सुपर-८ सम्भावना नेटरनरेटमा भरपर्नेछ । पाकिस्तान ३ खेलमा २ मा हार र १ मा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । क्यानडा ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ । आयरल्यान्ड २ खेलमा जित विहीन छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

बालेन रास्वपाको संसदीय दलको नेता चयन

३१ जेष्ठ २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

३१ जेष्ठ २०८१, बिहीबार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
अन्तर्राष्ट्रिय

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

३१ जेष्ठ २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

आज चैते दसैं पर्व मनाइँदै

३१ जेष्ठ २०८१, बिहीबार
Next Post
जसपा नेपालको सहअध्यक्षका लागि तीन जनाको उम्मेदवारी

जसपा नेपालको सहअध्यक्षका लागि तीन जनाको उम्मेदवारी

जसपा नेपालको अध्यक्ष बाहेकका पदमा आज मतदान, महासचिवमा ६ उम्मेदवार

जसपा नेपालको अध्यक्ष बाहेकका पदमा आज मतदान, महासचिवमा ६ उम्मेदवार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh