• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

देशभर आगो आतंक


देशभर आगो आतंक

१४ वैशाख, काठमाडौं । परालको कुन्युमा सानो झिल्कोबाट सुरु भएको आगोले बुधबार महोत्तरीको मटिहानी नगरपालिका–६ को जरलहवा गाउँ नै सखाप पार्‍यो । वडाध्यक्ष कलिम अन्सारीका अनुसार आगलागीबाट १ सय २० घर जलेर नष्ट भएका छन् ।
मानवीय क्षति त्यस्तो केही भएन । तर, गाउँका घर पूरै जल्यो । गाईभैंसी, सुँगुरहरु पनि गोठसँगै जले’, वडाध्यक्ष अन्सारीले भने, ‘क्षतिको विवरण संकलन गर्दैछौं । तर, करोडौं रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।
वडाध्यक्ष अन्सारीका अनुसार बिहान साढे १२ बजेबाट सुरु भएको आगो गाउँभरि फैलिएको थियो । आगो नियन्त्रणमा ल्याउनै ७ घन्टाभन्दा बढी समय लाग्यो ।
एउटा सिंगो गाउँ नै प्रभावित हुने गरी आगलागी भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली मटिहानी गएको छ । प्राधिकरण सहसचिव गोगनबहादुर हमाल नेतृत्वको टोलीलाई आगलागीबाट नष्ट भएका संरचनाको वास्तविक अवस्था पहिचान गर्ने र राहत तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्ने कार्यादेश छ ।
बुधबार नै दाङको आमखोला वन क्षेत्रमा लागेको ढढेलो बस्ती छिर्दा लमही नगरपालिका–९, तेलियामा २ घर जले । स्थानीय रामबहादुर कुमाल र उनका छोरा गणेश कुमालको घर जलाएपछि छिमेकीहरु बाल्टीमा पानी बोकेर आ–आफ्नो घरको धुरी उक्लिएको तस्वीरले धेरैको ध्यान खिचेको थियो ।
पछिल्लो समय देशैभरि आगलागी र डढेलोका घटना बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८० फागुन १ गतेदेखि २०८१ वैशाख १४ गतेको अवधिमा आगलागी र डढेलोका १ हजार ९८४ घटना भएका छन् । यी घटनामा परी ४३ जनाको ज्यान गएको छ ।
पछिल्लो एकहप्तामा मात्रै देशभर १८८ ठाउँमा आगलागी र १४४ ठाउँमा डढेलो लागेको छ । वैशाखयतामात्रै आगलागीबाट ७ जना र डढेलोबाट एकजना गरी ८ जनाको मृत्यु भएको छ । पछिल्लो दुई महिनाको अवधिमा मात्रै ८७ करोड बराबरको धनमाल क्षति भएको छ ।
यद्यपि प्राधिकरणले पछिल्ला केही घटना अझै अद्यावधिक गर्न बाँकी रहेकाले क्षतिको संख्या अझै बढ्न सक्ने अनुमान छ ।
नेपाल प्रहरीले गृहमन्त्रालय मातहतको विपद् व्यवस्थापन प्राधिकरणलाई दिएको तथ्यांकको आधारमा पछिल्लो ४ वर्षयता आगलागी र डढेलोको घटना अत्यासलाग्दो छ । ०७८ सालमा वर्षभरि २ हजार ३७४ वटा आगलागीका घटना भएका थिए । जसमा ९२ जनाको मृत्यु भएको थियो भने २ हजार ८५७ परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।
पछिल्लो ४ वर्षमा सबैभन्दा बढी आगलागीका घटना अघिल्लो वर्ष भएको प्राधिकरणको तथ्यांक छ । वर्षभरि ४ हजार बढी आगलागीका घटना हुँदा १०८ जनाले ज्यान गुमाएका थिए भने ५ हजार बढी परिवार प्रभावित भएका थिए ।
आगलागीमात्रै होइन, पछिल्लो समय वन डढेलोबाट पनि नेपालीले ठूलो क्षति व्यहोर्दै आएका छन् । ०७८ सालमा वर्षभरि ९२ वटामात्रै डढेलोका घटना भएका थिए । जसबाट केवल ३८ परिवारमात्रै प्रभावित थिए ।
तर, यो वर्ष वैशाखयतामात्रै डढेलोका १७४ घटना भएका छन् । डढेलोमा परेर एकजनाले ज्यान गुमाउँदा १७८ परिवार पूर्ण प्रभावित बनेको प्राधिकरणको तथ्यांक छ । अघिल्लो वर्ष डढेलोले सबैभन्दा बढी क्षति पु¥याएको थियो । ४ सय बढी स्थानमा डढेलो लाग्दा ११ जनाले ज्यान गुमाएका थिए ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार फागुनयतामात्रै आगलागीजन्य घटनाबाट ४३ जनाको मृत्यु भएको छ । १ हजार ९८४ वटा घटना हुँदा ८७ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको केन्द्रको तथ्यांक छ ।
आगलागीबाट बिहीबार साँझसम्म ७ सय १९ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् भने ४ सय २२ वटा घर आंशिक क्षति पुगेको छ । आगलागीजन्य घटनाबाट २ हजार ४१९ परिवार प्रत्यक्ष प्रभावित बनेका छन् ।
फागुनयता भएका आगलागी घटनाबाट सबैभन्दा बढी क्षति नेपालको पूर्वी भागले भोगेको छ । तथ्यांकअनुसार आगलागीबाट मोरङ सबैभन्दा धेरै प्रभावित भएको छ । बिहीबारसम्म मोरङमा मात्रै ९३ वटा घटना भएका छन् । आगलागीबाट मोरङमा मात्रै १ सय २२ परिवार प्रभावित भएका छन् ।
पूर्वकै सुनसरीमा फागुन यता आगलागीजन्य ७२ घटना भएका छन् । घटनाबाट एकजनाको मृत्यु भएको छ भने १०९ परिवार प्रभावित बनेका छन् । जसबाट २ करोड ९७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार काठमाडौंमा मात्रै आगलागीका ५७ वटा घटना भएका छन् । घटनाबाट एक जनाको मृत्यु हुँदा ३७ परिवार प्रभावित भएका छन् ।
‘अवस्था अझै विकराल हुनसक्छ’
डढेलोविज्ञ सुन्दरप्रसाद शर्मा आगलागी र डढेलोका घटना अत्यासलाग्दो भएको बताउँछन् । दैनिक रुपमा बढिरहेका यस्ता घटना संख्या अझै बढ्नसक्ने उनको अनुमान छ । लामो समयसम्म यही अवस्थामा खडेरी भइरहे ७७ वटै जिल्ला आगलागी र डढेलोबाट प्रभावित हुने सम्भावना रहेको उनी बताउँछन् ।
‘पछिल्लो डाटाअनुसार देशका ६० जिल्ला डढेलो र आगलागीबाट प्रभावित भएको देखिन्छ । तर, यो नै पिक लेभल होइन । बल्ल वैशाख दोस्रो साता हुँदैछ यसरी हेर्दा यो वर्ष ७७ वटै जिल्ला प्रभावित हुनसक्ने देखिन्छ ।’
अघिल्ला वर्षहरुमा वैशाख मध्य समयमा आगलागीका घटना चरम अवस्थामा पुगेको थियो । तर, यो वर्ष केही फरक छ । ‘अहिले त दिनदिनै घटना बढिरहेको अवस्था छ । १५ वर्षको ट्रेन्ड हेर्दा प्रत्येक २/३ वर्षमा ठूलो रुप लिएको देखिन्छ । यो वर्ष अप्रिलमै यति धेरै आगलागीका घटना भए भनेपछि अझै विकराल रुप लिने देखिन्छ’, उनी भन्छन्, ‘जेठ त आउनै बाँकी छ ।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार पछिल्लो समय नेपालमा भएको आगलागी र डढेलोको प्रमुख कारण पश्चिमी वायु कमजोर हुनु हो । पश्चिमी वायु कमजोर हुँदा वर्षा कम भएको र त्यसले आगलागी वृद्धिलाई सघाएको उनी बताउँछन् ।
‘यसपालि नेपालमा पश्चिमी वायु नै कमजोर रह्यो । पश्चिमी वायु १६ पटक नेपाल आउँदा जम्मा २ पटक वर्षा भयो’, उप्रेती भन्छन्, ‘वर्षा कम भयो भने जमिन आफैं सुख्खा हुन जान्छ, पातपतिंगर बढी हुन थाल्छ र त्यसले आगलागी छिटो हुन्छ ।’ बेला–बेला पानी पर्दा आगलागीका घटना नियन्त्रणमा सघाउ पुग्थ्यो तर लामो समयको खडेरीले आगो फैलिन मद्दत मिलिरहेको उनको भनाइ थियो ।
उप्रेतीले पछिल्लो समय भएका अधिकांश आगलागीका घटना मानवीय त्रुटिकै कारण भएको बताउँछन् ।
‘आगलागी र डढेलोलाई राज्यले पनि आफ्नो प्राथमिकतामा राख्दैन । न लगानी छ, न प्राथमिकता । जनचेतनाको अभाव हुँदा मान्छेहरुले आफ्नो घर वरपर आउने विषालु जीव मार्ने, नयाँ घाँस उमार्ने लोभमा पनि आगो लगाइरहेको देखिन्छ’, उनी भन्छन् ।
वनजंगलमा लागेको आगोले जनताको जीविकोपार्जनमै प्रत्यक्ष असर गर्ने भएकाले राष्ट्रिय अर्थतन्त्रमै फरक पार्ने विपद् व्यवस्थापनविद् उप्रेती बताउँछन् । ‘वनजंगलमा भएका लापोन्मुख सम्पदाको नाश भएर हाम्रो इकोसिस्टममै असर पार्ने एकातिर छ’, भन्छन्, ‘हाम्रो सानो गल्तीले गर्दा समग्र राष्ट्रिय अर्थतन्त्रमै असर गर्न जान्छ । त्यही भएर पनि राज्यले यसलाई गम्भीर रुपमा लिनुपर्छ ।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार पछिल्लो समय नेपालमा आगलागीजन्य घटना बढ्नुमा राज्यकै दोष छ । विपद, प्रकोप न्यूनीकरण तथा रोकथाम गर्न ऐन कानुन बने पनि त्यसलाई कार्यान्वयन गर्न गम्भीर नबन्दा घटना झनै बढेर गएको उनको जिकिर छ ।
‘सरकारदेखि स्थानीयहरुसमेत आफ्नो भूमिकामा जिम्मेवार छैनन्, गम्भीर नै भएनन् । आगलागी नियन्त्रण गर्न अग्निरेखाहरु बनाइएको छ । तर, त्यसलाई बेलाबेला सफा गर्ने, अनुगमन गर्ने गर्नुपर्छ’, उनी भन्छन्, ‘त्यसमा न स्थानीय गम्भीर बने, न राज्यले नै गर्‍यो ।
स्थानीय तहसहित ७ वटै प्रदेशमा विपद न्यूनीकरण गर्न ऐन बने पनि त्यसलाई कार्यान्वयन गर्न कुनै पक्ष गम्भीर नभएको उप्रेतीको आरोप छ ।
डढेलोविद् सुन्दर शर्मा आगलागीका घटनालाई बसाइँसराइसँग पनि जोडेर हेर्नुपर्ने मत राख्छन् । पछिल्लो समय सहर, बजार केन्द्रित बसाइँसराइ बढ्दा जंगल र बस्तीबीचको दूरी घटेको छ । त्यसले पनि जंगलमा लागेको आगो सजिलै बस्तीमा प्रवेश पाएको देखिन्छ ।
‘अहिले धेरै बसाइँसराइँ भयो । घर नजिक झाडी बढे । बस्ती र जंगल एकापसमा जोडिन पुगे । गाउँमा युवाहरु छैनन्, वृद्ध र महिलामात्रै छन्’, शर्मा भन्छन्, ‘सक्रिय पुस्ता गाउँमा नहुँदा पनि सजिलै नियन्त्रण गर्न सकिने आगो पनि नियन्त्रण गर्न सकिएको देखिँदैन । झन् मानवीय दुर्घटना बढेको छ ।’
शर्मा आगलागी र डढेलो नियन्त्रणका लागि अल्पकालीन प्रयासले मात्रै न्यूनीकरण नहुने बताउँछन् । त्यसका लागि राज्यले नै जनस्तरसम्म पुगेर जनचचेतना जगाउने कार्यक्रम गर्ने र प्रशस्त लगानी गर्नुपर्ने बताउँछन् ।
अन्य काममा विभिन्न राजनीतिक दलका कार्यकर्ता परिचालन भएजस्तै विपद् व्यवस्थापन तथा जनचेतना फैलाउन दलहरुले आफ्ना कार्यकर्ता परिचालन गरे पनि धेरै घटना न्यूनीकरण हुने उप्रेतीको सुझाव छ ।
‘खासमा प्राकृतिक विपत्ति, प्रकोपमा राजनीतिक दलहरु नै गम्भीर भएनन्, उनीहरुले आफ्ना कार्यकर्तालाई परिचालनमात्रै गर्ने हो भने धेरै फरक पर्छ’, उनले भने ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

१४ बैशाख २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१४ बैशाख २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

१४ बैशाख २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

१४ बैशाख २०८१, शुक्रबार
Next Post
छोरा हत्या आरोपमा आमा पक्राऊ

छोरा हत्या आरोपमा आमा पक्राऊ

प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला

प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh