Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

मधेसका चार जिल्लामा हात्तीपाइले रोगविरुद्ध अभियान सञ्चालन हुने

प्रतिक्षा खबर
२०८१ बैशाख ९, आईतवार १८:०५

मधेसका चार जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सञ्चालन हुने भएको छ । हात्तीपाइले रोगको जोखिममा रहेको अभियान सञ्चालनमा असफल देखिएको मधेस प्रदेशकाा चार जिल्ला रौतहट, सर्लाही, महोत्तरी र धनुषामा यो अभियान सञ्चालन गरिँदैछ ।

आगामी वैशाख १६ देखि २९ गतेसम्म १४ दिन अभियान सञ्चालन गरिने बताइएको छ । हात्तीपाइले रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट स्वस्थ व्यक्तिमा समेत सार्ने भएकाले गर्भवती महिला, अशक्त, दुई वर्षमुनिका बालबालिका बाहेक सबैले औषधि सेवन गर्नुपर्ने जनस्वास्थ्य अधिकृत हरेन्द्र गुप्ताले जानकारी दिए ।

गत वर्ष पनि यो अभियान सञ्चालन गरिएको थियो । मधेसको बाँकी चार जिल्ला पर्सा, बारा, सिरहा र सप्तरी यसअघि नै हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियानमा सफल भएकोले उक्त जिल्लामा यो अभियान सञ्चालन नहुने भएको छ । हरेक दुई वर्ष अभियान सञ्चालन गरेर सर्वे गरी कतिले औषधि खाए–खाएनन् त्यसको आधारमा हात्तीपाइले रोगविरुद्ध अभियान सफल या असफल घोषणा गरिन्छ ।

हात्तीपाइले रोगविरुद्ध आमऔषधि सेवन अभियान सफल बनाउन रौतहटको सदरमुकाम गौरमा शुक्रबार सञ्चारकर्मीहरुसँग राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधि सेवन अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा साझा गरिएको सन् २०१९ को एक सर्वेक्षणको आधारमा रौतहटमा १५, सर्लाहीमा १२, महोत्तरीमा २१ र धनुषामा ३ जना संक्रमित फेला परेको जानकारी गराइएको छ । त्यसैले यी जिल्लाहरूमा पुनः हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर