Advertisement
ताजा खबर
बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित

☰

राष्ट्रपति नपाएपछि बाबुराम पार्टी एकताको विपक्षमा उभिए : महिन्द्र राय यादव

प्रतिक्षा खबर
२०८१ बैशाख ८, शनिबार २१:१२

८ वैशाख, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बन्न नसकेपछि माओवादी केन्द्रसँग पार्टी एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् ।
शनिबार नेपाल समाजवादी पार्टीको यादव पक्षले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले अर्का अध्यक्ष डा. भट्टराईले राष्ट्रपति पद नपाएपछि माओवादी केन्द्रसँग एकताको विपक्षमा उभिएको बताएका हुन् ।
‘उहाँलाई राष्ट्रपति बनाइदिएको भए, उहाँको राष्ट्रपतिको प्रस्ताव थियो, यो पार्टी १५ दिनमा एकता हुन्थ्यो । बन्न सक्नुभएन । मलाई थाहा छ, डा. सापले मलाई भन्नुभयो–राष्ट्रपति भएन, हिसिला यमीको लागि उपराष्ट्रपतिको लागि कुरा गर्न जाऔँ, मैले कुरा गरेको छु प्रचण्डसँग । मैले डा. सापलाई भनेँ, तपाई पनि हिँड्नुस्, प्रचण्डजीले भन्नुभयो–मैले उपराष्ट्रपति जनता समाजवादीलाई दिएँ । डा. साब विचलित हुनुभयो ।
बाबुरामले राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट हिसिलालाई उम्मेदवार बनाउन खोजेको पनि यादवले आरोप लगाए । ‘प्रचण्डजीकहाँ गएर उहाँले माग्नुभयो, गण्डकी प्रदेशबाट मेरो श्रीमतीको लागि एउटा सिट दिनुस्’, उनले भने । तर नपाएपछि पार्टी एकताको विपक्षमा उभिएको यादवको भनाइ छ ।
आफूहरुलाई बाबुरामले मन्त्री पदको लोभमा पार्टी एकता गरेको आरोप लगाए पनि पदको लोभ उनले बढी गरेको यादवको आरोप छ । ‘यो देशमा हामीभन्दा बढी लोभी पापी बाबुराम भट्टराई हो । म प्रमाणित गर्नसक्छु । अनि बाबुरामले हामीलाई भन्न मिल्छ ?’ उनले प्रश्न गरे ।
नेपाल समाजवादी पार्टीको अध्यक्ष यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितको टोलीले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ । तर अर्का अध्यक्ष डा. बाबुरा भट्टराई भने माओवादीसँग एकताको विपक्षमा छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर