Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव

☰

प्रहरीले स्वीकारे- बरहथवामा गोली लागेर ढलेका जयशंकर निर्दाेस

प्रतिक्षा खबर
२०८० पुष २१, शनिबार २०:४८

शुक्रबार सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मारिएका युवक जयशंकर साह निर्दोश रहेको प्रहरीले स्वीकारेको छ । बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय सर्लाही होटेलका संचालक तथा कुखुरा दानका हलसेल बिक्रेता साहको मृत्यु भएको थियो ।
सर्लाहीका प्रहरी प्रमुख (एसपी) प्रविण धितालले गोली लागेर मृत्यु भएका युवक निर्दोश रहेको बुझिएको स्वीकारे । प्रदर्शनकारीले प्रहरीको हतियार थुत्न खोजेपछि पड्केर युवक साहलाई लागेको हुन सक्ने एसपी धितालको भनाइ छ ।
‘प्रदर्शनकारीले हतियार थुत्न खोजेका थिए । त्यही बेला गोली चलेर युवकलाई लागेको हुन सक्ने हाम्रो अनुमान छ’ एसपी धितालले भने ‘थुत्ने बेला गोली कता चल्यो भन्ने कता चल्छ भन्ने थाहा नहुन सक्छ । मृत्यु भएको युवक अहिलेसम्म आन्दोलनकारी नभएको हाम्रो जानकारीमा आएको छ’
आन्दोलनमा मारिएका युवक जयशंकर बुबा बंगालीराम साहका पाँचछोरी मध्येका एकला छोरा थिए । उनी तीनवर्षअघि बंगलादेशबाट एमबीबीएस अध्ययन गरेर फर्केका थिए । बुबा बंगाली राम साह बिरामी भएपछि आफू अस्वस्थ्य रहेको भन्दै ठूलो व्यवसाय हेर्न छोरा जयशंकरलाई बोलाएका थिए । तीनवर्ष अघि बुबा बंगलारीरामको देहान्त भएको थियो । त्यस यता उनले व्यापार व्यवसाय सम्हालेका थिए ।
बरहथवा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मोहम्मद अफताव आलमका अनुसार युवक जयशंकर विद्युत महसुल बुझाउन मोटरसाइकल चढेर पुगेका थिए । विद्युत कार्यालय जाँदै गर्दा प्रहरीले चलाएको गोली टाउकोमा लागेर उनी त्यहीँ ढले ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर