Advertisement
ताजा खबर
मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

☰

माहोत्तरीको गौशालाबाट ८ किलो गाँजासहित एकै परिवारका चार जना पक्राउ

प्रतिक्षा खबर
२०७८ पुष २१, बुधबार २१:००

गोपाल झा २१ पुष
महोत्तरीमा लागुऔषध गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेका छन् । महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा ४ रजखोरबाट ८ के.जी गाजा सहित एकेै परिवारका चार जना लाई प्रहरीले पक्राउ गरेका छन ।
पक्राउ पर्नेहरुमा गौशाला नगरपालिका-४ रजखोर बस्ने ७० बर्षिय रामचन्द्र साह, उनको ५३ बर्षिय छोरा उपेन्द्र साह, २१ बर्षिय रोहित साह र १९ बर्षिय बिबेक साह रहेका छन् ।
लागुऔषध गाँजाको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा मंगलवार साँझ इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरुको घरको खानतलासी गर्दा ८ केजी गाँजा बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता तथा डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
प्रहरी टोलीले रामचन्द्र साहको घरबाट बिक्रिको लागी पुरिया बनाई राखेको समेत,तैयारी गाजा ३ के.जी.,डिजिटल तराजु एक थान र गाजा बिक्रि गरेका नगद रु. ११०० फेला पारी बरामद गरी रामचन्द्र साह र निजको नाती वर्ष १८ को रोहित साहलाई पक्राउ गरेका छन ।
त्यसतै प्रहरीका अनुसार रामचन्द्रको छोरा उपेन्द्र साहको घरबाट समेत बिक्रिको लागी पुरिया बनाई राखेको तैयारी गाजा ५ के.जी., डिजिटल तराजु एक थान र गाजा बिक्रि गरेको नगद रु.६५०० फेला पारी बरामद गरी उपेन्द्र साह र छोरा वर्ष १९ को बिवेक साहलाई पक्राउ गरिएको डीएसपी विष्ट जानकारी दिए ।
उनीहरुलाई पक्राउ गरी लागूऔषध मुद्दामा महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु गरीएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर