Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

मूर्ति बिसर्जन गर्ने क्रममा मुस्लिमहरुले ढुंगा मुडा र ताताे पानी फालेपछी सर्लाही सदरमुकाम मलंगवामा निषेधाज्ञा

प्रतिक्षा खबर
२०८० भाद्र २३, शनिबार १७:०६

कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार निषेधाज्ञाको तयारी गरेको छ ।
निषेधाज्ञा शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ८ बजेसम्म रहने छ ।
शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो । लगत्तै प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर गर्दै भीड तितरवितर पारेको थियो ।
अबेर राति अवस्था सामान्य बनेपनि शनिबार बिहानैबाट सदरमुकाम मलंगवामा टायर बालेर प्रदर्शन र ढुंगामुढा हुनथालेपछि स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो ।
तर पनि प्रदर्शन र ढुंगामुढा नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञाको तयारी गरिरहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभाये । उहाँका अनुसार निषेधाज्ञा शनिबार दिउँसो ४ बजेबाट आइतबार बिहान ८ बजेसम्म रहने छ । प्रहरी उपरीक्षक सुवेदीले भन्नुभयाे, ’राति झडप हुन सक्छ । त्यसैले हामीले सुरक्षा संवेदनशीलता हेरेर निषेधाज्ञा लगाउन लागेका हौं ।’
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जनाउँदै प्रहरी उपरीक्षक सुवेदी आफैं पनि सुरक्षामा तैनाथ रहेको जानकारी दिनुभयो । कुनै अप्रिय घटना हुन नदिन प्रहरी संख्या बढाइएको छ ।
प्रदर्शन र ढुंगामुढाका कारण मलंगवाका पसल तथा बजार बन्द छ । बिहानैदेखि मलंगवाबाट चल्ने साना तथा लामो दुरीका यातायातका साधन चल्न सकेको छैन
प्रत्येक बर्षझैँ मलँगवास्थित रहेको एक मस्जिदको रुट भएर कृष्णाको मूर्ति विसर्जन गर्न सयौँको सँख्यामा हिन्दु धर्मावलम्बीहरु सहभागी थिए । प्रशासनले नै तय गरेको रुट भएर मूर्ति विसर्जन गर्न जाँदै थियो । सोही रुटमा पर्ने मस्जिद नजिक गएपछि छतबाट केही व्यक्तिहरुले ढुँगाबाजीको साथै तातो पानी समेत फाल्न थालेपछि दुईतर्फी झडप भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर