Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित

प्रतिक्षा खबर
२०८२ कार्तिक २८, शुक्रबार १२:२१

गोपाल झा , महोत्तरी, कात्तिक २८ गते

बिहारमा सम्पन्न विधानसभा निर्वाचनका कारण कात्तिक २२ देखि २५ गतेसम्म नेपाल–भारत सीमा नाका बन्द हुँदा सीमावर्ती नेपाली बजारमा तरकारीको मूल्य आकस्मिक रूपमा बढेको थियो ।

नेपाल–भारत सीमा नाका बन्द हुँदा सीमित आपूर्तिका कारण नेपाली बजारमा सामान्यतया प्रतिकिलो एक सय रुपैयाँ भित्र बिक्री हुने बिभिन्न तरकारी कात्तिक २४ गतेसम्म प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री भयो ।  तर, कात्तिक २५ गतेदेखि सीमा नाका खुलेपछि सोही तरकारीको मूल्य घटेर प्रतिकिलो एक सय रुपैयाँमा झर्‍यो । यसले पुनः देखाएको छ कि नेपाल अझै पनि दैनिक उपभोगका सामान्य वस्तुहरूमा समेत भारतमाथि निर्भर रहेको छ ।       आयातमा बढी निर्भर रहने मधेशका किसान र उपभोक्ता दुबैजना नाका बन्दको प्रत्यक्ष मारमा पर्दै आईरहेको छ ।  सीमा नाका बन्द भएपछि विशेषगरी भारतबाट भित्रिने काउली, आलु, गोलभेँडा, काँक्रो, बन्दा लगायत दैनिक उपभोग्य तरकारीको आपूर्ति कमजोर बन्यो । बजारमा काउलीको मूल्य प्रतिकिलो करिब ८०–१०० रुपैयाँबाट सिधै २०० रुपैयाँ पुगेको थियो । त्यस्तै अन्य तरकारीमा पनि ३० देखी ६० प्रतिशतसम्म मूल्यवृद्धि भएको उपभोक्ताहरू बताउँछन् ।

 यता स्थानीय       किसानहरू भने कृषिमा परनिर्भर हुँदा पनि बजार व्यवस्थापन र सरकारी योजनामा पहुँच नपाएको गुनासो गर्छन् । गाविस स्तरमै सिँचाइ, आग्रोटेक्नोलोजी, भण्डारण गृह र बजार सुनिश्चितता नहुँदा उत्पादनले न्याय पाउन नसक्ने किसानहरूको दाबी छ ।

दैनिक गृहिणी सरस्वती देवी भन्छिन्, “हामीकहाँ उत्पादन हुँदाहुँदै पनि तरकारी किन्नै नसक्ने अवस्था आउँछ । सस्तोमा ल्याइदिने भारतबाटै निर्भर हुँदा नाका बन्द भएपछि मूल्य झन् आकाशिन्छ ।

           स्थानीय जनप्रतिनिधिहरूले भने विगतदेखि नै कृषिलाई प्राथमीकतामा राख्ने आश्वासन दिँदै आए पनि व्यवहारमा कृषि पूर्वाधार, भण्डारण, प्रसोधन केन्द्र, किसान कार्ड, अनुदान व्यवस्थापन जस्ता कार्यक्रम प्रभावकारी नभएको किसानहरूको आरोप छ । चुनावअघि दिने  आश्वासनहरु कागजमै सीमित रहँदा हरेक वर्ष नाका बन्द, आपूर्ति समस्या र दलालीको मार झेल्नुपरेको जनप्रतिनिधिहरु प्रति नागरिकको असन्तुष्टि बढ्दै गएको छ ।

स्थानीय बजारका व्यापारीका अनुसार, सीमावर्ती गाउँ र सहरहरूमा दैनिक उपभोगका तरकारीहरू समेत भारतबाटै आयात गर्नुपर्ने बाध्यता छ । “नेपालमै खेत छन्, पानी छ, माटो छ तर उत्पादनमा कमजोरी छ । भारतबाट नआए बजार ठप्प हुन्छ,” जलेश्वरका एक व्यापारीले भने ।  कृषि क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारी घोषणा र नीतिहरू वर्षौंदेखि दोहोरिँदै आएका छन्, तर व्यवहारमा त्यस्तो प्रगति देखिएको छैन। तरकारी उत्पादनका लागि किसानले चाहिने मल, बीउ र सिँचाइ सुविधा अझै अभावमै छन्।            स्थानीय कृषकहरू भन्छन्न — नेताहरूले चुनावी भाषणमा कृषिको प्राथमिकता भन्ने गरे पनि खेतमा पुग्ने बेला कोही देखिँदैनन् । एक किसानको भनाइमा, “खेतमा बीउ रोप्नेभन्दा नेताको भाषणमा बीउ फ्याँक्ने चलन बढ्दै गएको छ ।”

नेपाल कृषि प्रधान देश भनेर चिनिए पनि तरकारी, फलफूल, अन्नदेखि पेट्रोलियम पदार्थसम्मको परनिर्भरता दिनानुदिन बढ्दै गएको छ । यस्तो अवस्थाले प्रश्न उठाएको छ— आत्मनिर्भरताको सपना कहिले पूरा हुने ?

               यता कृषि विशेषज्ञहरूका अनुसार मधेश प्रदेशमा तरकारी तथा बाली उत्पादनमा क्षमताअनुसार आत्मनिर्भर बन्न सकिन्छ । तर दिगो नीति, बजार व्यवस्थापन र किसानमैत्री कार्यक्रम बिना आयात निर्भरता र नाका बन्दका समस्या दोहोरिरहने चेतावनी उनीहरूले दिएका छन् ।  सीमा नाका खुलेसँगै बजारमा मूल्य केही सामान्य हुने अपेक्षा गरिएको छ । तर किसान र उपभोक्ताले भने दीर्घकालीन समाधानका लागि सरकारले व्यवहारिक कदम चाल्नुपर्ने माग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर