Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

घुस रकम सहित महोत्तरीमा स्थानिय तहका लेखापाल र कार्यालय सहयोगी पक्राउ

प्रतिक्षा खबर
२०८० असार २०, बुधबार २३:४०

गोपाल झा

महोत्तरी ,अषाढ २० गते

महोत्तरीमा घुस रकम सहित स्थानिय तहका लेखापाल र कार्यालय सहयोगी पक्राउ परेका छन् ।

महोत्तरीको सम्सी गाउँपलिकाका लेखापाल र कार्यालय सहयोगी १ लाख २५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् । बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले दुबैजनालाई रंगेहात पक्राउ गरेको हो ।

लेखापाल रोशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई १ लाख २५ हजार घुससहित रंगेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले जनाएको छ ।

सम्सी गाउँपालिकाको वडा नं. ५ मा संचालन भएको कोभिड-१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बर्दिवासबाट खटिई गएको टोलीले निज लेखापाल राउत र कार्यालय सहयोगी यादव लाई १ लाख २५ हजार घुस सहित रंगेहात पक्राउ गरेको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर