गोपाल झा
महोत्तरी ,असार ११ गते
महोत्तरीको सम्सी गाउँपालिकाले ९ औं गाउँ सभा सम्पन्न गरेको छ । आईतबार गाँउपालीकाको कार्यालय हातामा आयोजना गरीएको ९वौ गाँउसभा बाट ४९ करोड ८६ लाख ९० हजारको अनुमानित बजेट ल्याएको छ ।
गाउँपालिका अध्यक्ष रामनाथ यादवले आ.व.२०८०/०८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ४९ करोड ८६ लाख ९० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।
गाँउ पालिकाका अध्यक्ष रामनाथ यादवको अध्यक्षतामा सम्पन्न गाँउ सभाको प्रमुख अतिथिको रुपमा पूर्व स्वास्थ्य राज्य मन्त्री डा.सुरेन्द्र कुमार यादव, त्यस्तै विशिष्ट अतिथिका रुपमा मधेस प्रदेश एमाले संसदीय दलको नेता तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव,पालिका उपाध्यक्ष अनिता देवी ,प्रमुख प्रशासकिय अधिकृत गणेशचन्द्र मिश्र,पालिका कर्मचारीहरुरु,वडाध्यक्षहरु,वडासदस्यहरु,पालिका बोर्ड सदस्यहरु,विभिन्न राजनीतिकर्मीहरु,बुद्धिजिवि,समाजसेवी,संघसंस्थाका प्रतिनिधिहरु,सर्बसाधारण स्थानियको उपस्थिती रहेको थियो
प्रमुख अतिथि पुर्ब राज्यमन्त्री यादब कार्यक्रममा सुभकामना मन्तब्य राख्दै यस पालिका भित्र रहेको किशानहरुको लागी कृषीमा आत्मनिर्भर बनाउन स्थानिय सरकार द्वारा यसबर्ष सबभन्दा बढी बजेट बिनियोजन गर्न सुमmाव दिँदै सिँचाई र डिप बोडीङ्गमा लगानी गर्न ध्यानाकर्षण गराएका थिए । त्यस्तै पालीका भित्र रहेको पशुपालक किशानको लागी पशु बिमा र पशुमा लाग्ने बिभिन्न रोग नियन्त्रण गर्न निःशुल्क उपचारको ब्यबस्था मिलाउन तर्फ समेत आग्रह गरेका हुन् । प्रमुख अतिथि यादवले विशेष रुपमा यस पालिका भित्रका विद्यालयहरुमा शिक्षक दरबन्दी अनुसार शिक्षक भर्ना गराएर शिक्षामा सुधार गर्न आवश्यकता रहेको बताउदै सडक बनाउनु भन्दा कृषि क्षेत्रमा आयोजनाहरु संचालन गर्न आवश्यक रहेको बताएका थिए ।
त्यसंैगरी विशिष्ट अतिथि रहेको मधेस प्रदेश एमाले संसदीय दलको नेता तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले यस पालिकालाई राम्रो बनाउनमा सबै जनाको सहकार्य र सहयोग रहेको बताउनुभयो ।
त्यसैगरी सो कार्यक्रममा प्रमुख अतिथि,विशिष्ट अतिथि र अतिथिहरुलाई विशेष सम्मान सहित पालिका स्तरमा काम गर्ने दक्ष जनशक्ति,समाजसेवीहरुलाई दौसल्ला ओढाएर सम्मान गर्नुको साथै स्थानिय जनता तथा पत्रकारहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।
गाँउसभाको उद्घाटन सत्रमा मन्तब्य राख्ने क्रममा विभिन्न पार्टीका प्रतिनिधिहरु तथा समाजसेवीहरुले बजेट कार्यान्वयनको सफलताको शुभकामना दिदैं सम्सी पालिकामा विगतमा छुटेका आयोजनाहरुलाई यस वर्षमा संचालन गर्न तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिन पालिका प्रमुख लगायतका सरोकारबालाहरुलाई ध्यानाकर्षण गराएका थिए ।
अन्त्यमा पालिका प्रमुख यादवले कार्यक्रममा सहभागि सम्पूणर् महानुभावहरु प्रति आभार प्रकट गर्दै सल्लाह र सुझावलाई अगामी दिनहरुमा आत्मसात गर्ने प्रतिबद्धता गरेका हुन् ।






