गोपाल झा
महोत्तरी , अषाढ ३ गते
एकडारा गाँउपालीकाको वडा नं. २ ले आर्थीक बर्ष २०७९।०८०मा सम्पन्न गरेका बिभिन्न विकासे योजनाबारे जानकारी गराउन तथा आगामी आर्थीक बर्ष २०८०।८१ को लागी सोमबार देखी सार्वजनिक सुनुवाई तथा वडा स्तरीय तिन दिने निति तथा योजना तर्र्जुमा कार्यक्रम गरेको छ ।
एकडारा गाँउपालीका वडा नं. २ का वडा कार्यालयको सभा कक्षमा आयोजना गरीएको तिन दिने सार्वजनिक सुनुवाई तथा वडा स्तरीय निति तथा योजना तर्र्जुमा कार्यक्रम अन्तरगत पहिलो दिन आज वडा नं. २ का वडाध्यक्ष सखीचन्द यादबको अध्यक्षतामा वडा स्तरीय सार्बजनिक सुनबाई सम्पन्न भएको छ ।
वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले वडा बाट प्रवाह भएका सेवाहरुको विषयमा जिज्ञासा र सुझाब राखेका थिए । कार्यक्रममा वडाध्यक्ष यादबले वडाबासीहरुबाट आएका सुझाबहरुलाई ग्रहण गर्दै अघि बढ्ने प्रबिद्धता ब्यक्त गरेका छन् ।
उनले सहभागीहरुबाट उठेका जिज्ञासा र सुझाबको उत्तर दिदै वडाले सवैको सुझाब कै आधारमा नीति तथा योजना तर्जुमा गरीने बताउँदै वडा नं. २ स्थित पर्ने पैनी नाला अतिक्रमणको चपेटमा परेको भन्दै यसको लागी वडास्तरमै निती नियम बनाएर अतिक्रमण भएका पैनि लाना सहित सडक बाटो समेतको संरक्षण र जिणर्ोद्धार गरीने प्रतिबद्धता जनाएका हुन् ।
त्यस्तै बडामा टोल सुधार सामिती बनाएर उक्त समितीबाट आएका बिकासे योजना तथा सुमmावका आधरमा समेत नितिनियम लागुगर्ने बिश्वास ब्यक्त गरेका हुन् ।
कार्यक्रममा सहभागीहरु बाट आएका जिज्ञासाको जवाफमा अध्यक्ष यादब गाँउपालीकाको कार्यालय संघिय संरचना पश्चात स्थानिय निर्बाचनको छौ बर्ष बितिसक्दा पनी अहिलेसम्म लाखौ रुपैया भाडा तिरी रहेको प्रती आफु पनी गम्भीर रहेको भन्दै सबैको सहयोग , सल्लाह र समर्थन भयो भने बडा नं. २ मा गाँउपालीकाको कार्यालय भवनका लागी १० कठा जमीन समेत उपलब्ध गराउन तयार रहेको भनेका छन् ।
उनले दुई दिन सम्म चल्ने निति योजना तथा तर्जुमा बैठकमा सबै दलका पार्टी प्रतिनिधी बुद्धिजिबी तथा शिक्षीत बर्गहरुलाई सहभागी हुन आग्रह गर्दै वहाँहरुकै सल्लाह सुमmावका अनुसार निति तथा योजनाहरु तयार गरेर अगाडी बढने प्रतिबद्धता ब्यक्त करेका हुन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका एकडारा गाँउपालीकाका अध्यक्ष दिपनारायण मण्डलले आफु पाँच स को स्वास्थ्य , शिक्षा , कृषी सिचाँई सडक र शुसासनको अबधारणा अनुसार अगाडी बढिरहेको भन्दै प्रत्येक वडामा स्वास्थ्य चौकीको स्थापना त्यस्तै गाँउपालिका भित्र रहेको आधारभुत बिद्यालयहरुलाई माबि र माबि रहेका बिद्यालयहरुलाई उच्च माबि तथा डिग्री सम्मको शिक्षा प्राप्त गर्नका लागी लागी परेको बतएका हुन् ।
त्यस्तै कृषिक्षेत्रमा आर्गेनिक तरीकाबाट खेती गर्न बाताबरण बनाउने भन्दै बिभिन्न समयमा बिउ बिजन तथा फलफुलको बिरुवा बितरण गर्ने कार्यक्रम निरन्तर चली रहने जानकारी गराउँदै यहाँ स्थित बिभिन्न दल र आम नागरीकको साथ र सहयोग पाईरहेकोले विकासका कार्यहरु अगडी बढी रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा वडा नम्वर १ का वडाध्यक्ष मनोज कुमार मण्डल स्वास्थ्य क्षेत्रमा अहिले पनी धेरै नै सुधार गर्नु पर्ने अबस्था रहेको भन्दै गाँउपालीका अध्यक्ष मण्डल सहित सम्बन्धीत पक्षलाई ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा तमलोपाका केदार यादब ,जसपाका रबिन्द्र यादब माओबादी केन्द्रका घनश्याम मmा , मिथिलाबिहारी यादब लगायतका सहभागीहरुले आ—आफ्ना मन्तब्य र जिज्ञासा राखेका थिए ।
कार्यक्रममा एकसय भन्दा बढीको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सर्वसाधारणहरुले बडा तथा गाँउपालीकाले चालेका समग्र विकासे कार्यक्रमहरु राम्रा रहेपनि अझपनि कतिपय कुरामा सुधारको खाँचो रहेको औल्याएका थिए ।
सुशासन-(व्यवस्थापन र स्वचालन) ऐन २०६४, नियमावली २०६५ तथा स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ ले स्थानीय तह सञ्चालन प्रक्रिया तथा अपनाउनु पर्ने सुशासनको प्रत्याभूतिको लागि गर्नुपर्ने कार्यक्रमहरुको स्पष्ट व्यवस्था गरेको छ । तीनै व्यवस्थाहरु मध्ये सार्वजनिक सुनुवाई कार्यक्रम पनि एक हो । ऐन तथा नियमावलीहरुले गरेको व्यवस्थालाई सरल तथा प्रभावकारी ढंगले सञ्चालन गर्न सजिलो होस् भनेर नेपाल सरकारले सार्वजनिक सुनुवाई कार्यविधी २०६७ कार्यान्वयनमा ल्याएको छ । यस निर्देशिका बमोजिम कुनै पनि स्थानीय तहहरुले वर्षको तीन पटक सार्वजनिक सुनुवाई गर्नुपर्ने मा एकडारा गाँउपालीकाले गर्न सकेको छैन ।
यतिखेर समाजको आवश्यकता र चाहनाले विकासलाई न्यायपूणर् र प्रभावकारी बनाउन जबर्जस्त दबाब सिर्जना गरिरहेको छ । यही तथ्यलाई आत्मसाथ गरी योजना तर्जुमाको सही दृष्टिकोणसँगै व्यावसायिक क्षमताको विकास गर्न आबस्यक छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा काजल नागबन्सी उद्घोषण गरेकी थिईन






