नागेन्द्र कु यादव
चैत्र २७ गते ।
चोरीको मोटरसाईकलसहित एक वडाअध्यक्षका छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ३ रघुनाथपुर बस्ने १९ वर्षीय सुजित कुमार सहनी रहेको प्रहरीले जनाएको छ । मोटरसाईकलसहित पक्राउ परेका सहनी सोनमा गाउँपालिका वडा न ३ का वडाध्यक्ष रामप्रमोद सहनीका छोरा रहेका छन । सहनीलाइ गौशाला नगरपालिका–२ निगौल चोकबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।
आईतवार निगौल चोकमा चेकजाँचको क्रममा सहनीले ज.७ प १२१४ नम्बरको रातो रंगको अपाचे डोरयाउँदै लगिरहेको अवस्थामा शंकालागेपछी उनलाई रोकेर सोधपुछ गर्दा गौशाला नगरपालिका–५ शिवभक्ति खोरस्थितबाट चोरी गरेर ल्याएको बताएकोले उनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक यादवले बताए ।
पक्राउ परेका सहनीमाथि आवश्यक अनुसन्धान समेत भईरहेको ईलाका प्रह्री कार्यालय गौशालाले जनाएको छ






