Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

उत्कृष्ट फर्ममा नेपाल, पिनएजीमाथि ९ विकेटको सानदार जित

प्रतिक्षा खबर
२०७९ फाल्गुन २९, सोमबार १३:०१

उत्कृष्ट फर्मममा रहेको नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई नौ विकेटले हराएको छ । ९६ रनको लक्ष्य पछ्याएको नेपालले विस्फोटक ब्याटिङ गर्दै ७.४ ओभरमा एक विकेटको क्षतिमा एक सय रन बनायो ।
ओपनरद्वय आसिफ सेख र कुशल भुर्तेलको विस्फोटक ब्याटिङ मद्यतमा नेपालले पिएनजीको लक्ष्य आठौँ ओभरभित्रै भेट्टाएको हो । आसिफले २१ बलमा ५३ रन बनाए । करिअरको आठौँ अर्धशतक बनाउने क्रममा उनले तीन छक्का र आठ चौका प्रहार गरे ।
कुशल भुर्तेलले दुई छक्का र चार चौकाको मद्यतमा १४ बलमा ३३ रन बनाए । नेपालले उनको मात्र विकेट गुमायो । उनी आउट भएपछि आएका कुशल मल्लले १३ बलमा एक छक्का र एक चौकाको मद्यतमा १२ रन बनाए । आसिफ र कुशल मल्ल नटआउट रहे ।
त्यसअघि सन्दीप लामिछानेको घातक बलिङका कारण पपुवा न्युगिनी ९५ रनमा अलआउट भएको थियो । स्पिनरहरू हावी भएको खेलमा पिएनजी ३२ ओभरमै समेटियो ।
पिएनजीको ब्याटिङ अर्डर ध्वस्त पार्ने क्रममा सन्दीपले दश ओभरमा २५ रन दिएर पाँच विकेट लिए । उनले अन्तिम बलमा सेमो कामेयालाई बोल्ड गर्दै आफ्नो पाँच विकेट पूरा गरे ।
यससँगै उनी सबैभन्दा चाँडो एक सय विकेट लिने विश्वकीर्तिमानको पनि नजिक पुगेका छन् । उनले ९८ विकेट लिइसकेका छन् ।
आजको खेलमा नेपालले टस जितेपछि कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोजेका थिए । उनको निर्णयलाई सही सावित गर्दै नेपाली स्पिनरले धारिलो बलिङ गरे । सन्दीपको पाँचका साथै, ललितनारायण राजवंशी र कुशल मल्लले दुई–दुई विकेट लिए । यस्तै, सोमपाल कामीले एक विकेट लिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर