Advertisement
ताजा खबर
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी

राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिवद्धता:- अध्यक्ष राजेन्द्र

प्रतिक्षा खबर
२०७८ चैत्र १७, बिहीबार ०६:४५

कपिलवस्तु, चैत्र १६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीमाथि कडा टिप्पणी गर्नुभएको छ । अध्यक्ष लिङ्देलले यी तीन प्रमुख राजनितिक दललाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नु सरह भएको बताउनुभएको छ । साँढेको टाङमुनि बाल्टी थापेर जे गर्दा पनि दुध नदिने बताउदै अध्यक्ष लिङ्देनले यस्ता राजनितिक दललाई चुनावमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गर्नुभयो ।
कपिलवस्तुको बाणगंगास्थित बुद्धरंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो दाबी गर्नुभएको हो । कांग्रेस, एमाले र माओवादीले पटकपटक देश विकासको नेतृत्व गर्ने अवसर पाएको तर उक्त अवसरलाई उनीहरुले सदुपयोग गर्न नसकेको उहाँको भनाई छ । देशका प्रमुख राजनितिक दललाई अध्यक्ष लिङ्देनले देश र जनताले महसुस हुने गरि गरेको काम देखाउन चुनौति समेत दिनुभएको छ
अध्यक्ष लिङ्देनले यस्ता राजनितिक दललाई फेरी पनि सत्तामा पुर्याउनु देशलाई बर्बादीको दिशातर्फ उन्मुख गराउनु भएको बताउनुभयो । स्थानीय तहको निर्वाचन नजिकिएको बताउँदै उहाँले राप्रपाका उम्मेद्वारलाई जिताउन अपिल समेत गर्नुभएको छ । राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै अध्यक्ष लिङ्देनले जनताका लागी अहित हुने कुनै पनि काम नगर्ने बताउदैं राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । एमसीसीतर्फ ईकिंत गर्दै अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनितिक दलका नेतृत्वको केटाकेटीपनले अन्र्तराष्ट्रिय जगतमा नेपालको विश्वासनियता गुमेको बताउँदै देशमा विदेशी शक्ति राष्ट्रहरु रणनितिक रुपमा प्रतिस्पर्धा गरिरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा शिवसेना नेपाल कपिलवस्तु अध्यक्ष भिष्म राज ढुंगाना, उनका समर्थक लगायत विभिन्न पार्टी परित्याग राहुल मोदनवाल, सुनिल मोदनवाल लगायत गरि लगभग एक हजार जना बढीे राप्रपामा प्रवेश गरेका छन् । कार्यक्रममा अध्यक्ष लिङ्देनसहित, महामन्त्री एवम् नेपालगंज उप–महानगरपालिका मेयर डा.धवल शम्शेर राणा, वरिष्ठ नेता दिपक बोहोरा, पूर्व आईजिपी तथा पार्टीका उपाध्यक्ष ध्रुब बहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय लगायत अन्यले सम्बोधन गरेका थिए lअब कपिलवस्तुमा राप्रपा थप बजबुत बनेको भिष्म राज ढुंगाले दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर