Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव

☰

बालकसहित दुई जनाकाे मृत्यू

प्रतिक्षा खबर
२०७६ फाल्गुन २८, बुधबार ०८:०२

सप्तरी, फागुन २८ गते ।

सप्तरीमा छुट्टाछुट्टै घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सप्तरीको फतेपुरमा बा४१ प ६८६३ नम्बरको मोटरसाइकल र प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बा ४१ प ६८६३ नम्बरका मोटरसाइकल चालक सप्तरी कञ्चनरुप नगरपालिका–६ बस्ने २६ वर्षीय चन्द्रमान श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको मंगलबार साँझ विराटनगरस्थित अस्पतालमा उपचारको लागि लगिँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकलमा सवार सप्तकोशी नगरपालिका–१ बस्ने २८ वर्षीय अशोक साह र २३ वर्षीय सनी साह रहेको प्रहरीले जनाएको छ। खुट्टा भाचिएर घाइते भएका उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी सप्तरीको बोदेवरसाइन ८ स्थित पोखरीमा दुई वर्षीय बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुने बालक अविनासकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक बाबुराम कार्कीले बताए। उनी खेल्दा खेल्दै पोखरीमा लडेर डुबेको स्थानीयवासीले बताएका छन् । सभार टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर