Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

बालकसहित दुई जनाकाे मृत्यू

प्रतिक्षा खबर
२०७६ फाल्गुन २८, बुधबार ०८:०२

सप्तरी, फागुन २८ गते ।

सप्तरीमा छुट्टाछुट्टै घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सप्तरीको फतेपुरमा बा४१ प ६८६३ नम्बरको मोटरसाइकल र प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बा ४१ प ६८६३ नम्बरका मोटरसाइकल चालक सप्तरी कञ्चनरुप नगरपालिका–६ बस्ने २६ वर्षीय चन्द्रमान श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको मंगलबार साँझ विराटनगरस्थित अस्पतालमा उपचारको लागि लगिँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकलमा सवार सप्तकोशी नगरपालिका–१ बस्ने २८ वर्षीय अशोक साह र २३ वर्षीय सनी साह रहेको प्रहरीले जनाएको छ। खुट्टा भाचिएर घाइते भएका उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी सप्तरीको बोदेवरसाइन ८ स्थित पोखरीमा दुई वर्षीय बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुने बालक अविनासकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक बाबुराम कार्कीले बताए। उनी खेल्दा खेल्दै पोखरीमा लडेर डुबेको स्थानीयवासीले बताएका छन् । सभार टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर